प्रकशित मिति : २३ फाल्गुन २०७७, आईतवार १४:४८

 

ABC Sanchar
डिल्ली । भारतका चर्चित फिल्म अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा समावेश भएका छन् । उनले कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा प्रधानमन्त्री मोदीको र्यालीको मञ्चमा बिजेपीको झण्डा लहराए । अब हिंदी र बांग्ला फिल्मका अभिनेता मिथुन चक्रवर्ती भाजपाका लागि चुनाव प्रचार गर्नेछन् ।

 

बामपन्थमा मञ्चमा देखिने मिथुन अब बिजेपीमा देखिनुलाई सबैभन्दा ठूलो यूटर्नको रुपमा हेरिएको छ ।

स्मरण रहोस्, मिथुनको राजनीतिसँगको सम्बन्ध कुनै नयाँ होइन । ममता बनर्जीले उनलाई टीएमसी कोटाबाट राज्यसभा पठाइन् तर मिथुन चाँडै नै राजनीतिको सीमाबाट बाहिर निस्किए । उनले संसदको सदस्यता छोडिदिए । तर अब उनी एकपटक पुनः राजनीतिमा प्रवेश गर्ने तयारी गरिरहेका छन् ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com