०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

दमकमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु चारजना घाइते

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

ABC Sanchar
झापा । पूर्वपश्चिम राजमार्गस्थित दमक नगरपालिका–४ मा आज अपर ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोरङ रतुवाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घाइते हुनेमा सोही स्थान बस्ने २३ वर्षीय निरन बस्नेत, १८ वर्षीय हर्षित बाँस्तोला, उर्लाबारी नपा–८ बस्ने ४० वर्षीय तुलाराम ढुङ्गाना र सोही ठाउँ बस्ने ८५ वर्षीय शिवलाल ढुङ्गाना रहेका छन्।

पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नं १–०२–००१क १०८२ नंको ट्रिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नंको मोटरसाइकल र को २८ प ११३६ नंको अर्को मोटरसाइकललाई ठक्कर दिँदा उनीहरु घाइते भएका थिए।

घाइतेमध्ये कोइरालाको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये प्रदेश–१–०२–०४४ प ८१३३ नंको मोटरसाइकल चालक बस्नेत र बाँस्तोलाईलाई विर्तामोडस्थित विएण्डसी अस्पताल, को२८प ११३३ नंको मोटरसाइकल चालक ढुङ्गाना, पछाडि बस्ने शिवलाललाई दमक अस्पतालमा उपचारका लागि पठाइएको छ।

इलाका प्रहरी कार्यालय दमकले ट्रिपर चालक दमक नगरपालिका बस्ने ४९ वर्षीय प्रकाश तामाङ र टिपर नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई […]

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

error: Content is protected !!