३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

बाँकेको चौबिसबिगाका अग्नी पिडितलाई राहत वितरण

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७


(महेन्द्र सिंह) बाँके । मंगलबार बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ चौबिसबिगामा भएको आगलागीका पिडितहरुलाई प्रारम्भिक चरणको राहत वितरण गरीएको छ । आगलागीबाट घरबिहिन भएका ७ घरपरिवारलाई नेपाल सरकारको तर्फबाट जनही रु १५ हजार, रेडक्रस सोसाईटिबाट बन्दबस्तिका सामान तथा गाउँपालिकाको तर्फबाट खानाको प्रबन्ध मिलाईएकको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन ।

बाँके क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज ‘अथक’, प्रदेश साँसद कृष्णा केसी ‘नमुना’ सहित घटनास्थल पुगेका बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जिल्ला विपद ब्यवस्थापन केन्द्रका तर्फबाट प्रत्येक घरपरिवारलाई राहतस्वरुप तत्कालकालागि १५ हजार नगद उपलब्ध गराईएको बताए ।
मंगलबार दिउसो करिब १ बजेको समयमा चौबिसबिगा गाँउमा आगलागी भएको थियो । नरैनापुर गाउँपालिकाको दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानियहरुको प्रयासमा आगलागि नियन्त्रणमा लिईएपनि आगलागीबाट ७ घर जलेर नष्ट भएका छन । यद्यपी आगलागीबाट मानविय क्षती भने नभएको सिडियो कुरुम्वाङले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!