०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

चितुवाको छाला समात्‍न प्रहरी नक्कली ग्राहक बनेर पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

 

ABC (क्राईमबिट)
लमजुङ । दोर्दी गाउँपालिका-६ सिमी गाउँबाट बरामद गरेको चितुवाको छालासहित पक्राउ परेको ३४ वर्षीय मनराज गुरुङ ।
लमजुङ झण्डै २ साताअघि लमजुङ प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाको मोबाइलमा एउटा फोन आयो, ‘यहाँ मान्छेसँग बाघको छाला छ ।’ तर, त्यो बाघको छाला नभई चितुवाको छाला थियो ।

डीएसपीले २ जना सादा पोसाकका प्रहरीलाई दोर्दी गाउँपालिका–८ ढोडेनीको सिमी गाउँ पठायो । उनीहरु गाउँ पुगे । यताउता गाउँमा बसे । बुझ्दै गए । उनीहरुले केही दिनअघि मनराजले चितुवाका छाला राखेको पक्का गरे । अनि नक्कली ग्राहक बनेर उनकोमा गए । मनराजले छाला र हड्डीको मूल्य ३५ हजार रुपैयाँमा बिक्री गर्न राजी भए ।
उनलाई लिएर झर्ने क्रममा बाटोमा प्रहरी जम्काभेट भयो । ‘हाम्रै मान्छेले मनराजलाई लिएर आउँदै थिए । उनलाई भेटेर ल्याउँदै गर्दा हाम्रा पोसाक लगाएका प्रहरीसँग भेट भयो । हामीले पक्राउ गरेर ल्यायौं,’ उनले भने । चितुवाका छाला र हड्डीसहित सोमबार राति ९ बजेतिर पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर डिभिजन वन कार्यालयमा बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]