०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

डियुटीमै रहेका प्रहरी यादबमाथि आक्रमण

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

(महेन्द्र सिंह) बाँके । कम्दीमा डियुटीमै रहेका प्रहरी जवान यादबमाथि आक्रमण
नेपालगन्ज । बाँकेको कम्दीमा प्रहरीमाथि आक्रमण भएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी जवान श्रवण यादवलाई टिपरमा आएका व्यक्तिहरुले आक्रमण गरेका हुन् ।

गएराति टिपरमा सालको काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा कम्दीका प्रहरी जवान यादवले रोक्न खोजेपछि उहाँमाथि हातपात भएको हो ।

आक्रमण गर्ने चारै जना फरार छन् । कम्दी नहर तर्फबाट बालुवामाथि सालको काठ लोड गरेर आउँदै गरेको ना ८ ख ८२२८ नम्बरको टिपरलाई रोकेर काठ कम्दी चौकीभित्र लैजान भनेपछि टिपरमा रहेका व्यक्तिहरुले यादवलाई आक्रमण गरी फरार भएको कम्दी चौकीका प्रमुख प्रहरी नायब निरिक्षक लाल बहादुर रानाले बताउनुभयो ।

ड्युटीमै रहेको प्रहरीलाई आक्रमण गर्दै बर्दी समेत च्यातिदिएको नायब निरिक्षक रानाले जानकारी दिनुभयो । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो ।

फरार रहेको टिपर र अन्य चार जनाको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। बरामद गरिएका सालका ३ वटा गोलिया र चालकलाई आजै जिल्ला वन कार्यालय बाँके पाठाइएको प्रहरी नायब निरिक्षक रानाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!