०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

बाँके प्रहरीले होलीमा अमर्यादित कार्यगर्नेहरु ७६ जना पक्राउ SP : राना

Logo
प्रकाशित सोमबार, चैत्र १६, २०७७


(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा ७६ जनालाई नियन्त्रणमा लिएको छ । जर्वजस्ती रंग र लोला हान्ने अत्यधिक मादक पदार्थ सेवन गरी हल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका ७६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन् । त्यसैगरी उक्त उत्सृंखल कार्यमा प्रयोग भएका ६८ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ । अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा चाड पर्वलाई मर्यादित बनाउने प्रहरीको बिशेष अभियान अन्तरगत भएको निगरानीमा विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको र अनुसन्धान भैरहेको प्रहरीको बाँके प्रहरी प्रमुख एसपी रानाले बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]