
ABC Sanchar
काठमाडौं । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसहित दुईओटा सुरक्षा निकायका प्रमुखलाई फिर्ता गरिएको छ । गृह मन्त्रालयले आकस्मिक रुपमा प्रजिअ सहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । प्रजिअ पिताम्बर घिमिरे, नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी बलका एसपी भरत खनियाँलाई जिम्मेवारी मुक्त गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार एसपी पोखरेललाई प्रहरी प्रधान कार्यालयस्थित योजना तथा अन्वेषण निर्देशनालयमा ल्याइएको छ । रुपन्देहीमा एसपी मनोज केसीको काज सरुवा गरिएको छ ।
सशस्त्र प्रहरी बलका एसपी भरत खनियाँलाई प्रधान कार्यालयमा सरुवा गरेर राजु सुवेदीलाई रुपन्देही पठाइएको छ । सुवेदी नम्बर–१ बहिनीमा कार्यरत थिए । रासस