
काठमाडौं । अस्ति बाटोमा हिड्दै थिए एउटा साथि भेटीयो सोध्यो, सन्चै ! भने ठिकै छु | यसो नियालो शिरदेखी पैतलासम्म
आश्चर्यमिश्रित भावमा अनि बाटो लाग्यो
थाहा छैन के सोच्यो ?
हिजो अड्डा गए,सबै सबै सोध्नु भो
फाँटवाला सरले बाजे सोध्नु भो, बा सोध्नु भो
नामथर, ठेगाना सोध्नु भो लिङ्ग सोध्नु भो
उमेर सोध्नु भो, जन्ममिति सोध्नु भो
सबै सोधिसकेपछी वडाको सिफारीस सोध्नु भो
अहँ छैन फर्किनै पर्यो खाली हात |
आज फेरी अर्को अड्डा गए,फेरी सोध्नु भयो हाकिम सा’पले गरीब भएको के प्रमाण छ ?
चाउरीएको गाला देखाए फुटेका पैतला देखाए
पटुकि कसेको भोको पेट देखाए जिर्ण शरीर देखाए काठमाण्डौको सडक जस्तै दश ठाँउमा टालेको पहिरन देखाए तर पटक्कै मान्नु भएन
वडाध्यक्षको सिफारीश बिना |
आखिर,म जिउँदै छु भनेर तपाईले लेख्दिनु पर्ने
मरे भनेर नि तपाईले लेख्दिनु पर्ने मेरो धर्ति, मेरो आकाश मेरो वंशज, मेरो रगत
नामथर, उमेर, लिङ्ग, वतन जन्म, मृत्यु
सबै सबै त तपाईले लेख्दिनुपर्छ
त्यसैले त म मै हुँ भन्दा पनि पत्याउँदैन कसैले
हरेक दिन पेश गर्नुपर्छ म जिउँदै भएको प्रमाण
बेनाम भएर, अनागरीक भएर अस्तित्व र पहिचान विहिन भएर कति दिन बसौ र म ?
कृपया, वडाध्यक्ष्यज्यू ! नामथर, वतन, उमेर, लिङ्ग सबै सबै खुलाएर मलाई एउटा सिफारीश गरीदिनुस ता कि म सबैलाई देखाउन सकुँ
म म नै हो भनेर |