०२ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

वडाध्यक्षज्यू ! लौन मलाई एउटा थान सिफारीश गरी दिनुस 🖊️गोबिन्द रिजाल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, चैत्र ०८, २०८१

 

काठमाडौं । अस्ति बाटोमा हिड्दै थिए एउटा साथि भेटीयो सोध्यो, सन्चै ! भने ठिकै छु | यसो नियालो शिरदेखी पैतलासम्म
आश्चर्यमिश्रित भावमा अनि बाटो लाग्यो
थाहा छैन के सोच्यो ?

हिजो अड्डा गए,सबै सबै सोध्नु भो
फाँटवाला सरले बाजे सोध्नु भो, बा सोध्नु भो
नामथर, ठेगाना सोध्नु भो लिङ्ग सोध्नु भो
उमेर सोध्नु भो, जन्ममिति सोध्नु भो
सबै सोधिसकेपछी वडाको सिफारीस सोध्नु भो
अहँ छैन फर्किनै पर्यो खाली हात |

आज फेरी अर्को अड्डा गए,फेरी सोध्नु भयो हाकिम सा’पले गरीब भएको के प्रमाण छ ?
चाउरीएको गाला देखाए फुटेका पैतला देखाए
पटुकि कसेको भोको पेट देखाए जिर्ण शरीर देखाए काठमाण्डौको सडक जस्तै दश ठाँउमा टालेको पहिरन देखाए तर पटक्कै मान्नु भएन
वडाध्यक्षको सिफारीश बिना |

आखिर,म जिउँदै छु भनेर तपाईले लेख्दिनु पर्ने
मरे भनेर नि तपाईले लेख्दिनु पर्ने मेरो धर्ति, मेरो आकाश मेरो वंशज, मेरो रगत
नामथर, उमेर, लिङ्ग, वतन जन्म, मृत्यु
सबै सबै त तपाईले लेख्दिनुपर्छ
त्यसैले त म मै हुँ भन्दा पनि पत्याउँदैन कसैले
हरेक दिन पेश गर्नुपर्छ म जिउँदै भएको प्रमाण
बेनाम भएर, अनागरीक भएर अस्तित्व र पहिचान विहिन भएर कति दिन बसौ र म ?

कृपया, वडाध्यक्ष्यज्यू ! नामथर, वतन, उमेर, लिङ्ग सबै सबै खुलाएर मलाई एउटा सिफारीश गरीदिनुस ता कि म सबैलाई देखाउन सकुँ
म म नै हो भनेर |

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालकै सर्वाधिक दोस्रो उपन्यास लेख्नुभएका साहित्यकार एवं पत्रकार सविन प्रियासनले किताब लेखन प्रतियोगितामा सहभागिता जनाउने इच्छा व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा यस सम्बन्धी धारणा पोस्ट गर्दै उहाँले प्रतियोगितामा जितेमा पुरस्कारबाट सामाजिक कार्य गर्ने समेत उद्घोष गर्नुभएको छ। प्रियासनले सामाजिक सञ्जालमा लेख्नुभएको छ – किताब लेखन प्रतियोगिता आयोजना कहिले होला ? कुनै संस्थाले […]

दाङ । घोराही दाङमा भारतीय नम्बर प्लेटका गाडीहरू अलि बढी देखिन थालेका छन्। यो विषयमा सम्बन्धित निकायले निगरानी गर्नुपर्छ। घोराही बनाऔँ अभियान अन्तर्गत स्थानीय प्रशासन र प्रहरीले यस्ता गाडीहरूको अवैध प्रवेश र गतिविधि विरुद्ध कडाई गर्नुपर्छ। घोराही बनाऔँ अभियानको उद्देश्य घोराहीलाई स्वच्छ, सुन्दर र सुरक्षित बनाउनु हो। यस अन्तर्गत अवैध गतिविधिहरु रोक्न र स्थानीय जनताको […]

काठमाडौं । राज्य भन्ने अवधारणा केवल प्रशासनिक संरचना मात्र होइन; यो व्यवस्था, सुरक्षा र न्यायको समष्टिगत प्रतिज्ञा हो। समाजलाई अराजकता, हिंसा र विद्रोहबाट जोगाउने दायित्व राज्यको हुन्छ, र यही दायित्व निर्वाह गर्न राज्यले सुरक्षा संस्थालाई शक्ति प्रदान गर्दछ। तर इतिहासले देखाएको सत्य के हो भने राज्य शक्ति जति आवश्यक छ, त्यति नै संवेदनशील पनि हुन्छ। […]

error: Content is protected !!