०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

कोहलपुर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको कमाउधन्दा चरम भ्रष्टाचार

Logo
प्रकाशित मंगलबार, चैत्र १७, २०७७

ABC Sanchar
बाँके । पटक–पटक विवादमा आइरहने बाँकेको कोहलपुर नगरपालिकामा केही जनप्रतिनिधि र कर्मचारीहरुको राज चलेको छ । जनप्रतिनिधि र कर्मचारीकै कारण नगरपालिकामा भ्रष्टाचार मौलाएको छ । सूचना लुकाउनेदेखि पत्रकारलाई धम्की दिनेसम्मका गतिविधिमा केही जनप्रतिनिधि र कर्मचारी संलग्न हुँदै आएका छन् ।

नीतिगत भ्रष्टाचारमा सक्रिय कोहलपुर नगरपालिकाका मेयरदेखि कार्यपालिका सदस्य र कर्मचारीदेखि प्रमूख प्रशासकीय अधिकृतसम्म संलग्न हुँदै आएको विभिन्न गतिविधिहरुले देखाइरहेका छन् । अझ प्रष्ट रुपमा भन्नुपर्दा कोहलपुर नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीहरुको कमाउधन्दा चलाउने अड्डा बनेको छ ।

चरम आर्थिक घोटाला गर्दै आएका कोहलपुर नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीहरुको मिलेमतोमा सरकारी ढुकुटीमाथि ब्रह्मालुट भइरहेको छ । जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग हुँदै आएको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको विलासिताका लागि लाखौं मूल्यको कार खरीद गर्दै आएको नगरपालिकाका स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन छन् ।

छानविन समितिका प्रतिवेदन लुकाउनेदेखि प्रसुति गृहको रकममै लुटतन्त्र मच्चाउनेसम्मका हर्कत गर्दै आएका कोहलपुर नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीहरुकै मिलेमतोमा र कमाउधन्दाका लागि अर्थहीन योजनामा बजेट खर्च गरेर ब्रम्हलुट मच्चिरहेको छ भने कृषि अनुदानमा समेत खुलेआम दुरूपयोग भइरहेको छ ।

केही जनप्रतिनिधि र कर्मचारीहरुको कमाउधन्दा र ब्रह्मालुटको अखडा बनेको कोहलपुर नगरपालिकाको अर्को बदमासी बाहिर आएको छ । केही कर्मचारीको मिलेमतोमा जनप्रतिनिधिले आफ्ना कार्यकर्तालाई कोहलपुर नगरपालिकामा नियम मिचेरै जागिर खुवाउन सफल भएको अर्को बदमासी बाहिर आएको हो ।

गाँउगाँउमा सिंहदरबार आए पनि निर्वाचित जनप्रतिनिधि र नगरपालिका कर्मचारीको मिलेमतोमा समय समयमा फरक फरक खालका गलत क्रियाकलापहरु हुँदै आएका हुन् । दक्ष र अनभुवी व्यक्तिलाई पछि पार्दै राजनीतिक आडमा कोहलपुर नगरपालिकामा कर्मचारी भर्ना गरिएको श्रोतले बताउँछ ।

थप समाचारहरु पनि पढ्नुहोस् :

कोहलपुरमा चरम आर्थिक घोटाला, किन लुकाइयो छानविन समितिका प्रतिवेदन ?

कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग

कोहलपुरमा बेतिथि : प्रसुति गृहको रकममै लुटतन्त्र

कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’

कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’

स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार

कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च

नगरपालिका मेयर लुटबहादुर रावत, उपमेयर सञ्जुकुमारी चौधरी, कार्यपालिका सदस्य डिलबहादुर परियार, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली र योजना शाखाका प्रमूख अग्नी आचार्यले नगरपालिकामा भएको दरबन्दी लुकाएर आवश्यक पर्ने दरबन्दी र आवश्यकभन्दा बढी कर्मचारी भर्ना गरिएको तथ्य खुलेको छ ।

नगरपालिकाको कर्मचारी विवरणमा विविध शिर्षक राख्दै र पद सिर्जना गरेर दरबन्दी स्वीकृति नलिएरै कर्मचारी भर्ना गरेको हो । कोहलपुर नगरपालिकाले दर्जनभन्दा बढि कर्मचारी दरबन्दी लुकाएर कार्यकर्ता भर्ती गरेको श्रोत बनाउँछ । नगरपालिकामा हाजिर भएका कर्मचारीहरुको संख्या धेरै भए पनि एक अर्काबीच चिनजानसमेत छैन ।

आफ्नो राजनैतिक धरातल बलियो बनाउनका लागि स्थानीय निकायमा ब्रह्मालुट मच्चाउँदै जागिर खुवाउने नाममा आफू निकटका कार्यकर्ता भर्ती गरिएको नगरपालिका स्रोतले जनाएको छ । पदको दुरुपयोग गर्दै राखिएका कर्मचारीहरुलाई तलब, भत्ता र सुविधा दिनका लागि कोहलपुर नगरपालिकाले वर्षेनी करोडौँ रकम खर्चसमेत गर्दै आएको श्रोतले बताउँछ ।

विकास निर्माणका लागि विनियोजित हुने बजेट कर्मचारी पालनपोषणमै सकिने गरेको छ । नगरपालिकाले सरकारको ऐन नियम विपरित कानुन नै मिचेर कर्मचारीहरुको हितमा गरिएको निर्णयले कोहलपुरबासीहरु आश्र्चय बनेका छन् । नगरपालिकाभित्र हुने कतिपय कामहरुका बारेमा विपक्षी जनप्रतिनिधिहरुलाई जानकारी समेत हुँदैन ।

नगर विकास समितिमा पनि १५ देखि २० जनाको कर्मचारी संख्या रहेको छ । यसरी समग्र कोहलपुर नगरपालिकाको कर्मचारीको संख्या र भित्रभित्रै लुकाइएका दरबन्दीहरु कति छन् भन्ने सम्वन्धीत निकायका राजनीतिक दल र जिम्मेवारी व्यक्तिलाई त जानकारी छैन भने सामान्य जनतालाई जानकारी हुने कुरै भएन ।

कोहलपुर नगरपालिकाभित्र मेयर लुटबहादुर रावत, उपमेयर सञ्जुकुमारी चौधरी, कार्यपालिका सदस्य डिलबहादुर परियार, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली र योजना शाखाका प्रमूख अग्नी आचार्यले हप्तैपिच्छे गलत क्रियाकलाप गर्दै जाँदा पनि अन्य जनप्रतिनिधिहरु टुुलुटुलु हेरेर बस्न बाध्य छन् ।

नगरपालिकामा भएको विकृति र बिसङ्गतिविरुद्ध केही जनप्रतिनिधिले बिरोध गरे पनि राम्रा विषयमा सुनुवाई नभएको कोहलपुर नगरपालिका जनप्रतिनिधिले नाम नछाप्ने सर्तमा एक जनप्रतिनिधि बताउँछन् । उनले कोहलपुर नगरपालिकामा हरेक वर्ष विनियोजन हुने बजेटमा चरम भ्रष्टाचार हुने गरेको दाबी गरेका छन् । सत्य पाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]