०८ जेठ २०८२, बुधबार
21-05-2025 , Wed
×

मालपोतमा बम विस्फोटका दुई मुख्य आरोपी सिरहाबाट पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र १८, २०७७

ABC (क्राईमबिट)
सिरहा । प्रहरीले लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराउने दुई जना मुख्य आरोपीलाई पक्राउ गरेको छ ।

प्रदेश नम्बर २ प्रहरी कार्यालयका अनुसार सिरहा सुखिपुर नगरपालिका ५ का रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका ३ का २६ वर्षीय अभिमन्यू गिरी पक्राउ परेका हुन् ।

उनीहरूलाई प्रदेश प्रहरी कार्यालय र सिरहा प्रहरीको विशेष टोलीले सोमबार सुखिपुर नगरपालिका(५ बाट पक्राउ गरेको हो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार उनीहरूले घटना गराएको स्वीकार गरेका छन् ।

उक्त विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाका गोइत समूहका अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा भएको सिंहले बताए । विस्फोटमा आठ जना घाइते भएका थिए ।

‘उक्त प्रेसर कुकर बम जयकृष्ण गोइतले सिरहा सुखिपुर(८ का रामकुमार यादवलाई दिएको र यादवले आफूहरूलाई विस्फोट गराउन हस्तान्तरण गरेको आरोपीले स्वीकार गरेको सिंहले बताए ।

चैत १ गते मध्याह्न मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराइएको थियो । सेवाग्राहीहरूको अत्यधिक चाप भएका बखत बम विस्फोट हुँदा आठ जना घाइते भएका थिए ।

पक्राउ परेकामध्ये गिरी विगत पाँच वर्षदेखि जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा संलग्न रहेको पत्ता लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!