१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मालपोतमा बम विस्फोटका दुई मुख्य आरोपी सिरहाबाट पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र १८, २०७७

ABC (क्राईमबिट)
सिरहा । प्रहरीले लहानस्थित मालपोत कार्यालयमा विस्फोट गराउने दुई जना मुख्य आरोपीलाई पक्राउ गरेको छ ।

प्रदेश नम्बर २ प्रहरी कार्यालयका अनुसार सिरहा सुखिपुर नगरपालिका ५ का रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका ३ का २६ वर्षीय अभिमन्यू गिरी पक्राउ परेका हुन् ।

उनीहरूलाई प्रदेश प्रहरी कार्यालय र सिरहा प्रहरीको विशेष टोलीले सोमबार सुखिपुर नगरपालिका(५ बाट पक्राउ गरेको हो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहका अनुसार उनीहरूले घटना गराएको स्वीकार गरेका छन् ।

उक्त विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाका गोइत समूहका अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा भएको सिंहले बताए । विस्फोटमा आठ जना घाइते भएका थिए ।

‘उक्त प्रेसर कुकर बम जयकृष्ण गोइतले सिरहा सुखिपुर(८ का रामकुमार यादवलाई दिएको र यादवले आफूहरूलाई विस्फोट गराउन हस्तान्तरण गरेको आरोपीले स्वीकार गरेको सिंहले बताए ।

चैत १ गते मध्याह्न मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराइएको थियो । सेवाग्राहीहरूको अत्यधिक चाप भएका बखत बम विस्फोट हुँदा आठ जना घाइते भएका थिए ।

पक्राउ परेकामध्ये गिरी विगत पाँच वर्षदेखि जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा संलग्न रहेको पत्ता लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]