१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

अनुसन्धानको क्रममा मुद्दा नचले पनि हिरासतमा राख्ने कार्य गैरकानुनी नहुने

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७

(ABC SANCHAR)
काठमाडौं हिरासतमा रहेका व्यक्तिविरुद्ध अदालतबाट म्याद थप भई अनुसन्धान गर्दै जाँदा पछि मुद्दा नचल्ने भए पनि अनुसन्धानका लागि हिरासतमा राख्ने कार्य गैरकानुनी नहुने सर्वोच्च अदालतले नयाँ नजिर प्रतिपादन गरेको छ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अनुसन्धानकै क्रममा असल नियतबाट अनुसन्धान गर्दै जाँदा कसूर गरेको भन्ने देखिन नआएमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरेको कार्य गैरकानुनी मान्न नमिल्ने फैसला गरेको हो ।’

विसं २०७६ मा भद्रपुर नगरपालिका–७ शान्तिचोक घर रहेका तेजिन्द्र न्यौपानेसमेत पाँच जनामाथि झुटो कागजातको आधारमा १२ जना गैरनेपालीलाई नेपाली नागरिकता प्रदान गरेको भन्ने आरोप लागेको थियो ।

अनुसन्धान गर्दै जाँदा उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत पनि मुद्दा चलाउनुपर्ने देखिएको उल्लेख गर्दै सो मुद्दामा झापा जिल्ला अदालतमा म्याद थपका लागि प्रहरीले निवेदन दिएको थियो ।

सो अदालतले संगठित अपराधमा चौथोपटक २०, पाँचौंपटक १० र छैटौंपटक ८ गरी जम्मा ३८ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । यसभन्दा अघि उक्त अदालतले झुटा विवरण पेस गरी नागरिकता दिएको भन्ने मुद्दामा तीन पटकसम्म गरी २२ दिनसम्म म्याद थप गरिसकेको थियो । संगठित अपराधमा अदालतको अनुमति लिई प्रहरीले ६० दिनसम्म आरोपितलाई हिरासतमा राख्न पाउने देखिन्छ भने झुटा विवरण मुद्दामा २५ दिनसम्म थुनामा राख्न पाउने प्रावधान छ ।
नेपाल समाचारपत्र बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!