०५ चैत्र २०८१, बुधबार
19-03-2025 , Wed
×

बाँके प्रहरीले ज्वाला सिंहको नाममा २ लाख चन्दा माग्ने ४ जना पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २२, २०७७


(महेन्द्र सिंह)
बाँके । जिल्ला बाँके राप्तीसोनारी गाँउपालिका वडा नं.५ जुरपानी वस्ने सिताराम थारु लाई विगत १ हप्ता पहिला देखी ज्वाला सिंह समूहको नाम बाट फोन गरि रु.२,००,०००।- (दुई लाख) रकम चन्दा माग गरेको भन्ने सूचनाको आधारमा बाँके प्रहरीको विशेष टोली परिचान गरि उक्त समूहको खोजलतास तथा निगरानी गर्ने क्रममा आफुलाई ज्वाला सिंह समूह भनि बताउने जिल्ला बाँके राप्तीसोनारी गा.पा.वडा नं.४ सुर्यलालपुर वस्ने वर्ष २४ को विकास चौधरी, ऐ.ऐ.वस्ने वर्ष ४१ मेघनाथ चौधरी, ऐ.ऐ.वस्ने वर्ष ४० भिम बहादुर भण्डारी र जिल्ला दाङ तुल्सीपुर उप-महानगरपालिका वडा नं.१५ घर भई हाल जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.४ सल्यानी बाघ वस्ने वर्ष २९ ज्योती प्रकाश चौधरी लाई मिति २०७७।१२।२० गते अं.२०:०० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.२२ पुरैनीबाट निजहरुले लिएको चन्दा रु १०,०००। -(दश हजार) सहित चन्दा रकम माग गर्ने प्रयोग गरेको ९८२६५१८९२९ नं. सिम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् ।बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको पहिलो प्राथमिताको प्रथम सूचीमा रहेको बताए । छिमेकी देश भारतसँग […]

error: Content is protected !!