०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

वायु प्रदुषणको कारण ३ दिन उडान बन्द हुने

Logo
प्रकाशित सोमबार, चैत्र २३, २०७७

(ABC CSANCHAR)
काठमाडौं। वायु प्रदुषणका काण सोमबार तीनवटा गन्तव्यको आन्तरिक उडान प्रभावित भएको छ । पोखरा, भरतपुर र तुम्लिङटार तर्फको उडान सोमबार बन्द भएको हो ।

बुद्ध, यती, श्री, सौर्य लगायत अन्य वायुसेवा कम्पनीले उडान भर्ने ती ठाउँमा सोमबार बिहानैदेखि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय उडानमा भने हालसम्म मौसम प्रतिकुलताको कुनै प्रभाव नपरेको विमानस्थलले जनाएको छ ।
१० दिन अघि पनि मौसम प्रतिकुल भएका कारण काठमाडौंबाट हुँदै आएको आन्तरिक र अन्तराष्ट्रिय उडान दुवै प्रभावित भएका थिए।

वायुसेवा कम्पनीका अनुसार प्राय जाडो याममा हुस्सु लाग्ने हुँदा यसरी नियमित उडानहरू प्रभावित हुँदै आएका थिए। तर पछिल्लो समय वायु प्रदुषणकै कारण नियमित हवाई यातायात प्रभावित हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको हो। विभागका सूचना अधिकारी दिनकर कायस्थले पश्चिम नेपालको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको जनाउँदै वर्षा […]

काठमाडौं । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका […]

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

error: Content is protected !!