०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

वायु प्रदुषणको कारण ३ दिन उडान बन्द हुने

Logo
प्रकाशित सोमबार, चैत्र २३, २०७७

(ABC CSANCHAR)
काठमाडौं। वायु प्रदुषणका काण सोमबार तीनवटा गन्तव्यको आन्तरिक उडान प्रभावित भएको छ । पोखरा, भरतपुर र तुम्लिङटार तर्फको उडान सोमबार बन्द भएको हो ।

बुद्ध, यती, श्री, सौर्य लगायत अन्य वायुसेवा कम्पनीले उडान भर्ने ती ठाउँमा सोमबार बिहानैदेखि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय उडानमा भने हालसम्म मौसम प्रतिकुलताको कुनै प्रभाव नपरेको विमानस्थलले जनाएको छ ।
१० दिन अघि पनि मौसम प्रतिकुल भएका कारण काठमाडौंबाट हुँदै आएको आन्तरिक र अन्तराष्ट्रिय उडान दुवै प्रभावित भएका थिए।

वायुसेवा कम्पनीका अनुसार प्राय जाडो याममा हुस्सु लाग्ने हुँदा यसरी नियमित उडानहरू प्रभावित हुँदै आएका थिए। तर पछिल्लो समय वायु प्रदुषणकै कारण नियमित हवाई यातायात प्रभावित हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, […]

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

error: Content is protected !!