१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

दाङको घोराही लमही सडकमा साना गाडी चल्ने ठूला गाडी बन्द

Logo
प्रकाशित बुधबार, चैत्र २५, २०७७


(ABC Sanchar)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना निकालेर चैत २२ गतेदेखि २६ गतेसम्मको लागि घोराही लमही सडकखण्डको बाटो बन्द गरेको थियो यता सडक बिभाग दाङले ठूला गाडी बन्द भएपनि साना गाडी भने नियमित सञ्चालन भइरहेको छ । ठूला गाडीलाई लमही, अमिलिया हुँदै तुलसीपुर, घोराही आउने तथा जाने व्यबस्था गरिएको छ ।

सडक डिभिजन कार्यालयका सुचना अधिकारी अमिर सुवेदीका अनुसार सानो गाडी भने सोही मार्ग भएर सञ्चालन भइरहेका छन् । जीर्ण सडक मर्मत सम्भारका लागि अस्तिदेखि पाँच दिनसम्म बन्द भएको हो ।

सडकखण्डका विभिन्न मोडहरुमा कालोपत्र उप्किएपछि सडक खाडल र धुलाम्मे भएको छ । तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पाँच दिनका लागि बन्द सडक २६ गते बेलुकादेखि खुल्ने सूचनामा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]