१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङको घोराही लमही सडकमा साना गाडी चल्ने ठूला गाडी बन्द

Logo
प्रकाशित बुधबार, चैत्र २५, २०७७


(ABC Sanchar)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना निकालेर चैत २२ गतेदेखि २६ गतेसम्मको लागि घोराही लमही सडकखण्डको बाटो बन्द गरेको थियो यता सडक बिभाग दाङले ठूला गाडी बन्द भएपनि साना गाडी भने नियमित सञ्चालन भइरहेको छ । ठूला गाडीलाई लमही, अमिलिया हुँदै तुलसीपुर, घोराही आउने तथा जाने व्यबस्था गरिएको छ ।

सडक डिभिजन कार्यालयका सुचना अधिकारी अमिर सुवेदीका अनुसार सानो गाडी भने सोही मार्ग भएर सञ्चालन भइरहेका छन् । जीर्ण सडक मर्मत सम्भारका लागि अस्तिदेखि पाँच दिनसम्म बन्द भएको हो ।

सडकखण्डका विभिन्न मोडहरुमा कालोपत्र उप्किएपछि सडक खाडल र धुलाम्मे भएको छ । तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पाँच दिनका लागि बन्द सडक २६ गते बेलुकादेखि खुल्ने सूचनामा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!