०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

म्यानमारमा सेनाद्वारा १९ जनालाई मृत्युदण्डको सजाय फैसला

Logo
प्रकाशित शनिबार, चैत्र २८, २०७७

ABC Sanchar
काठमाडौं । सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको सेनाको स्वामित्वमा रहेको म्यावाडी टेलिभिजनले शुक्रबार जानकारी दिएको छ । गत फेब्रुअरी १ मा भएको सैन्य कू पछि यस्तो सजाय सुनाइएको यो पहिलो पटक हो ।

 

समाचारमा गत मार्च २७ मा याङ्गोनको उत्तरी ओकालापा जिल्लामा उक्त हत्या भएको बताइएको छ । सो जिल्लामा फौजी कानुन लागू गर्दै कोर्ट मार्सललाई सजाय सुनाउने अधिकार दिइएको छ ।

जननिर्वाचित सरकारलाई अपदस्थ गरेका सैन्य नेतृत्वले जनताले शान्ति चाहेका कारण म्यानमारमा आन्दोलन मत्थर हुँदै गएको र आगामी २ वर्षभित्र ताजा निर्वाचन गरिने समेत जानकारी दिएको छ । सैन्य नेतृत्वले प्रजातन्त्र पुनर्बहालीका लागि समयसीमा दिएको यो पहिलो अवसर हो ।

हालसम्म म्यानमारमा आन्दोलन दबाउने क्रममा सुरक्षाकर्मीले ६ सयभन्दा बढीको हत्या गरिसकेको मानवअधिकारवादी संस्थाहरुले बताएका छन् । सेनाले हालसम्म २४८ जनाको मृत्यु भएको र प्रदर्शनका क्रममा स्वचालित हतियार प्रयोग नगरेको दाबी गरेको छ ।

द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स समूहले बिहीबारसम्म ४८ बालबालिकासहित ६१४ जनाले ज्यान गुमाइसकेको बताएको छ । समूहका अनुसार २८ सयभन्दा बढी हिरासतमा रहेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!