१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

महासंघ नुवाकोटका पुर्वअध्यक्ष खनाल बिबादमा चुनाव जित्न नक्कली पत्रकार मतपत्र प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, चैत्र २८, २०७७


(ABC Sanchar) नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोट शाखाका पूर्वअध्यक्ष एवम संचारकर्मी कपिलदेव खनाल बिबादमा परेका छन । पत्रकारहरुको अभिभावक संस्था पत्रकार महासंघ जिल्ला शाखाको नेतृत्व गर्ने अवसर पाएपनी चित्त बुझ्दो काम गर्न नगरेको भनेर सहकर्मी पत्रकारहरुवाट आलोचित, आफ्नै साथी शिव देवकोटाको ज्यान लिने उदेश्यले आक्रमण, साझा संस्था पत्रकार महासंघलाई मागी खाने भाँडो बनाएको भनेर पहिलेदेखी नै प्रश्न उठिरहेको थियो ।

यसै सन्दर्भमा एकपटक फेरी महासंघको अध्यक्ष बन्न उदेश्यका साथ सदस्यता वितरणमा चलखेल र केहि सकृय पत्रकारकै सदस्यता नविकरण नगरेका कारण उनि सहकर्मी साथीहरुकै निशानामा परेका हुन । संचारमाध्यममा कार्यरत पत्रकारले मात्र पाउनुपर्ने सदस्यता राजनीतिक दलका नेता कार्यकर्ता, निर्माण व्यवसायी र बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरुलाई बिक्री गरेपछी उनिबिरुद्ध केहि महिनाअघी नै महासंघको बागमति प्रदेश समितिमा उजुरी परेको थियो ।

त्यसपछी खनाल र जिल्लाकै अर्का पत्रकार शिव देवकोटा पक्षधरको भागबण्डामा केहि गैरपत्रकार हरुको नाम थप गरेर अनुमोदन गरि माथिल्लो कमिटीमा पठाईएको थियो । पत्रकार महासंघको अधिबेशनबाट जसरी पनि नेतृत्व आफ्नो पक्षमा ल्याउन उद्यत शिव देवकोटा र खनालले भोटकै लागी कहिले झगडा त कहिले सदस्यता बढाउने सम्झौता गरेर मिलिभगत गरेको चर्चा संचारबृतमा छ ।

अध्यक्ष पद हत्याए जिल्लामा मेडिया आतंक सृजना गर्न सकिने र चर्चामा रहिरहन पाईने देवकोटा र खनालको ध्यय बुझ्न कठिन नरहेको महासंघको निर्वाचनमा उमेदवार रहेका नुवाकोटका एक पत्रकार वताउँछन ।

खनालको घरमा भेटियो विवादित मतपत्र, भोलि काठमाडाैँ पठाइने

पत्रकार महासंघ नुवाकोटका पुर्व अध्यक्ष कपिलदेव खनाल र सचिवमा निर्विरोध भएको भनिएका जगदिश खनाल गोप्य रुपमा मतपेटिका पत्रकार महासंघको कार्यालय लाँदै

नेपाल पत्रकार महासंघ नुवाकोटको विवादित मतपत्र पूर्व अध्यक्ष कपिलदेव खनालको घरमा भेटिएको छ । प्रेस चौतारी, प्रेस युनियन र जनपत्रकार संगठन लगायतले बदरयोग्य मतहरू खारेज गरेर पुनः मतदान गर्न माग गर्दै निर्वाचन समितिमा उजुरी परेपछि निर्वाचन समितिले पतपत्र खोज्दा पूर्व अध्यक्ष खनालले घरमा लगेर राखेको भेटिको हो ।

स्वतन्त्र पत्रकार समुह, प्रेस चौतारी र जनपत्रकार संगठनको सहमति बिनै गनिएका मतपत्रहरू पूर्व अध्यक्ष खनालले घरमा लगेको हल्ला चलेपछि शुक्रबार दिउँसो अध्यक्ष खनालले महासंघको कार्यालयमा मतपेटीका पुर्याएका छन । अध्यक्ष खनाल अनौपचारिक पोशाकमै मतपत्रको पेटिका बोकेर महासंघको कार्यालयमा पुगेको र ताल्चा खोल्दै गरेको तस्बीर प्राप्त भएको छ ।

मतपत्र प्रहरी नियन्त्रणमा

नेपाल पत्रकार महासंघ नुवाकोटमा मतदाताको गोपनियता भंग गर्ने नियतले संकेत नम्बरहरू उल्लेख गरेर मतदान गराइएको मतपत्र केन्द्रीय निर्वाचन समितिको लिखित आग्रह अनुसार प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । शुक्रबार पत्रकार महासंघ नुवाकोटका पूर्व अध्यक्ष कपिलदेव खनालको घरबाट महासंघको कार्यालयमा पुर्याएपछि प्रहरीले मतपेटिका नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखेको छ ।

मतपेटिका लिन जिल्ला प्रशासन कार्यालयबाट रमेशजंग पाण्डे र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ललिता ढकालको टोली महासंघको कार्यालयमा पुगेको थियो । प्रहरी भोलि शनिबार पत्रकार महासंघको केन्द्रीय कार्यालयमा केन्द्रीय निर्वाचन समितिलाइ मतपेटीका हस्तान्तरण गर्ने जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका तर्फबाट देवेन्द्र झा, कपिलचन्द्र पोखरेल, हरिप्रसाद राइ र विष्णुमाया भुसालले संयुक्त रूपमा हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटलाइ पत्राचार गरेका थिए । नुवाकोट एक्सप्रेसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]