०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

नेपाली चलचित्र ऐश्वर्यको च्यारिटी शो युएईको अलएनमा सम्पन्न ।

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०७५

कमल न्यौपाने । युएई ।
एनआरएनए युएईको संयोजन एवम डिस्कभरी रोयल स्पोर्ट्स युएईको आयोजनामा नेपालका बिभिन्न ८ जिल्लामा हुन गइरहेको नि:शुल्क प्राथमिक उपचार तालिमको आर्थिक सहयोगका लागि युएईका बिभिन्न शहरहरुमा बहुचर्चित नेपाली चलचित्र “ऐश्वर्य” को च्यारिटी शो सम्पन्न भएको छ । युएईको दुबई,अजमान,अलएन, रस अल खैमा र अबुधाबिमा जुन १५ र १६ तारिखका दिन विभिन्न साँस्कृतिक कार्यक्रमका साथ चलचित्रको च्यारिटी शो सम्पन्न गरिएको हो । कार्यक्रमका लागि बिशेष अतीथिका रुपमा चर्चित नायक रमेश उप्रेती, नायिका सन्चिता लुइँटेल, कलाकार सन्दीप क्षेत्री र निर्मल शर्मा युएई आएका थिए । जून १५ तारिख शुक्रबार दुबईको अलकुज स्थित डलस्को हल, अजमान, रासअलखेमा संगै अलएनमा पनि चलचित्रको च्यारिटि शो गरिएको हो । अलएनको टप ५ रेस्टुरेन्टमा आयोजना गरिएको च्यारिटी शोमा अलएनमा रहेका नेपालिहरुको बाक्लो उपस्थिती रहेको थियो । एनआरएनए अलएन क्षेत्रीय समितिको आयोजना तथा क्षेत्रीय अध्यक्ष गोपाल पौडेलको संयोजनमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा एनआरएनए मध्यपुर्व उपसंयोजक गोपाल कंडेल,एनआरएनए एनसीसी युएईका महासचिव कृष्ण पौडेल, एनआरएनए एनसीसी युएईका सचिव तथा प्राथमिक उपचार तालिमका संयोजक राजेश बोहरा, एनआरएनए एनसीसी युएईका केन्द्रिय सदस्य बिष्णुहरि बगाले, एनआरएनए एनसीसी युएईका केन्द्रिय सदस्य एवम डिस्कोभरी रोयल स्पोर्ट्सका संचालक र प्राथमिक उपचार तालिमका प्रशिक्षक ओम उप्रेतिको सहभागिता रहेको थियो । दर्शकहरुसंगै कलाकार रमेश उप्रेती, संचिता लुइँटेल र निर्मल शर्माले पनि चलचित्र हेरेका थिए ।

https://www.youtube.com/watch?v=yB_NAlNzQ-8&app=desktop

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबाट आएका प्रतिनिधिबिच शुक्रवार छलफल भएको गृह मन्त्रालयका प्रवक्ता […]

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

(ABC-Sanchar) दाङ । राजेन्द्र रावतको शब्द तथा सुमन बस्नेत र मुना कुमालको स्वरमा रहेको ‘नियतिको खेल’ बोलको गित सार्बजनिक भएको छ । बिशेष डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितलाई डाकुन पिक्चरको ब्यानरमा बजारमा ल्याईएको हो । अजय रेग्मीको छायांकन,कृष्ण बाजुरालीको संगीत,एरेन्ज र मिक्सिंग गरेको गितमा बिक्रम बुढाथोकी,धुर्ब कोईराला र जसोदा कार्कीले अभिनय गरेका छन […]