२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

गायिका एलिना चौहानले आफूहरू २ जना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताइन्,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ १९, २०८१

 

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् ।

आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न । सात जुनीसम्म हुन्छ भनेर गरेको हुन्छ’ उनले भनेकी छन्, ‘बाबुआमाले पनि मुटु फुटाएर डिभोर्स होस् भन्ने चाहँदैनन् ।’

यो निर्णय सोचेर लिएको हुँ । दुईजनाले सोचेर र परिवारबीच सल्लाह गरेर लिएको निर्णय हो । कतिपय कुरा इच्छाभन्दा पनि जरुरी भएर हुने रहेछ । मनमुटाव हुँदाहुँदै भोलि दुर्घटना भयो भने के गर्ने ?’ उनले भनेकी छन् ।

आफूहरू प्रेम सम्बन्धमा हुँदा पनि खटपट हुने गरेको बताउँदै विवाह हतारको निर्णय भएको बताइन् । ‘समय बित्ददै जाँदा सहन सकिन । उहाँका अपेक्षा मैले पुरा गर्न सकिन’ एलिनाले भनेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र […]

  काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै उनले आफ्ना धारणा राखेकी छन् । आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएको बताउँदै उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न […]

  (ABC-Sanchar) दाङ । घोराही उपमहानगरपालिका वडा नं १४ निवासी रोजिना सुवेदीलाई अचार बनाउन निकै मन पर्छ । उहाँले विगत देखि नै घरमै अचार बनाएर आफ्ना परिवार तथा आफन्तहरूलाई खुवाउने गर्नुहुन्थ्याे धेरै आफन्तहरूले चाडपर्व आउँदा रोजिनालाई अचार बनाउन आग्रह गर्छन् । सबै आफन्तले आफूले बनाएको अचार मन पराउँदा उहाँलाई निकै खुसी पनि लाग्दथ्यो । विगतमा […]

error: Content is protected !!