१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दिल्लीमा लकडाउन घर फर्कन थाले आप्रवासी कामदारहरु बिजोग

Logo
प्रकाशित मंगलबार, बैशाख ०७, २०७८

 

(ABC-Sanchar)
दिल्ली । कोरोना संक्रमणको बढ्दो मामिलालाई ध्यानमा राखेर दिल्लीमा एक साताका लागि लकडाउन घोषणा गरिएको छ । यससँगै आप्रवासी कामदारहरु घर फर्किने क्रम सुरु भएको छ । कौशान्बी बस स्टेशनमा सोमबार प्रवासी कामदारहरु सामान बोकेर बस कुरिरहेका थिए । कोही छतमै बसेर यात्रा गर्न पनि तयार थिए ।

सोमबारै दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले एक साता लामो लकडाउन घोषणा गरेका थिए । लगत्तै प्रवासी श्रमिकहरु सामान बोकेर बस अड्डा पुगे ।

प्रवासीहरूको भीडमा कारण बस स्टेशनमा शारीरिक दूरीलगायत नियमहरु पालना हुनसक्ने अवस्था नै थिएन, बरु छतमै बसेर मानिसहरु यात्रा गरिरहेका थिए ।

गत वर्ष पनि लकडाउनपछि यसरी नै प्रवासीहरू आ–आफ्ना घर फर्किएका थिए । त्यस समय सवारी साधन नपाउँदा कतिपय कामदारहरूले सयौं किलाेमिटर यात्रा हिँडेरै गरेका थिए ।

भारतको राजधानी दिल्लीमा पश्चिम बंगाल, उत्तर प्रदेश, बिहारलगायतका विभिन्न राज्य तथा नेपालबाट समेत प्रवासीहरू कामका लागि जाने गरेका छन् ।

लकडाउनले काम खोसिएपछि एकातर्फ कोरोनाको त्रास र अर्कोतर्फ रोजीरोटीको चिन्ताले उनीहरुलाई सताएको छ । दिल्लीमा सोमबार २३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको थियो भने २ सय ४० जनाभन्दा धेरैले ज्यान गुमाएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!