२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

दिल्लीमा लकडाउन घर फर्कन थाले आप्रवासी कामदारहरु बिजोग

Logo
प्रकाशित मंगलबार, बैशाख ०७, २०७८

 

(ABC-Sanchar)
दिल्ली । कोरोना संक्रमणको बढ्दो मामिलालाई ध्यानमा राखेर दिल्लीमा एक साताका लागि लकडाउन घोषणा गरिएको छ । यससँगै आप्रवासी कामदारहरु घर फर्किने क्रम सुरु भएको छ । कौशान्बी बस स्टेशनमा सोमबार प्रवासी कामदारहरु सामान बोकेर बस कुरिरहेका थिए । कोही छतमै बसेर यात्रा गर्न पनि तयार थिए ।

सोमबारै दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले एक साता लामो लकडाउन घोषणा गरेका थिए । लगत्तै प्रवासी श्रमिकहरु सामान बोकेर बस अड्डा पुगे ।

प्रवासीहरूको भीडमा कारण बस स्टेशनमा शारीरिक दूरीलगायत नियमहरु पालना हुनसक्ने अवस्था नै थिएन, बरु छतमै बसेर मानिसहरु यात्रा गरिरहेका थिए ।

गत वर्ष पनि लकडाउनपछि यसरी नै प्रवासीहरू आ–आफ्ना घर फर्किएका थिए । त्यस समय सवारी साधन नपाउँदा कतिपय कामदारहरूले सयौं किलाेमिटर यात्रा हिँडेरै गरेका थिए ।

भारतको राजधानी दिल्लीमा पश्चिम बंगाल, उत्तर प्रदेश, बिहारलगायतका विभिन्न राज्य तथा नेपालबाट समेत प्रवासीहरू कामका लागि जाने गरेका छन् ।

लकडाउनले काम खोसिएपछि एकातर्फ कोरोनाको त्रास र अर्कोतर्फ रोजीरोटीको चिन्ताले उनीहरुलाई सताएको छ । दिल्लीमा सोमबार २३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको थियो भने २ सय ४० जनाभन्दा धेरैले ज्यान गुमाएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!