२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

डान्स आइकन नेपालको टाईटल प्रायोजन कला प्रेमीअभियान बस्नेतले गर्ने

Logo
प्रकाशित मंगलबार, आषाढ ०५, २०७५

सागर थापा
दाङ असार ४
राष्ट्रव्यापी नृत्य बिद्याको महासंग्राम डान्स आइकन नेपाल (डिआइएन) सिजन ३ को टाइटल प्रायोजन कलाप्रेमि तथा युवा व्यवसायी अभियान बस्नेतले गर्नुृहुने भएको छ । घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर निबासी बस्नेत रियल स्टेट जिनेस म्यान हुनुहुन्छ । “नृत्य क्षेत्रको सानो योगदान गर्न पाउँदा खुसी छु” बस्नेतले भन्नुभयो । बस्नेत नारायणपुर उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्ष तथा विभिन्न संघसंस्थाहरुमा आबद्ध हुनुहुन्छ ।
डान्स आइकन दाङ (डिआइडी) का दुईवटा संस्करणहरु सफलतापुर्वक सम्पन्न गरीसकेपछि तेश्रो संस्करणका लागि बस्नेतले टाइटल प्रायोजन गर्नलाग्नुभएको कलासंस्कृतिको उन्नयनमा समर्पीत डिटेन एन्टरटेन्मेन्ट प्रा.लिका अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । मोफसलका कलाकारहरुको प्रतिभा प्रस्फुटन गर्दे केन्द्रिय स्तरको स्टेज प्रदान गर्ने उद्धेस्यले दाङ जिल्लालाई आधारबनाएर आयोजना गरिएको नृत्य बिद्याको प्रतिस्पर्धात्मक प्रतियोगितालाई राप्ति ग्याँस उद्योगका उद्योगपति कलाप्रेमि खड्ग बुढाथोकि, पिएमपि पोल्ट्रिफर्म तथा फ्रेस हाउसका प्रोपराईटर तथा कलाप्रेमि पोषणनाथ योगी,गौरीशंकर ओभरसीज दाङ साखाका प्रमुख यादव शैघाली, कलाप्रेमी सन्तोष भण्डारी ले स्पोन्सर गर्नुभएको आयोजकले जनाएको छ ।
केन्द्रिय तथा स्थानीय टेलिभिजनहरुबाट प्रशारण गरीने रियालिटि शो को अडिसन राउण्ड चलिरहेको आयोजकले जनाएको छ । प्युठानबाट सुरुभएको अडिसन महेन्द्र नगरमा गएर समापन गरिने छ ।
प्रत्येक जिल्ला बाट कम्तििमा पनि एक जनाको प्रतिनिधित्व सुनिस्चित रहने गरी चाँजोपाँजो मिलाईएको देवकोटाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]