२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिदेश पठाइदिन्छु भन्दै ३९ लाख ठग्ने एकजना पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा मकवानपुर वागमती गाउँपालिका-८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट उनलाई पक्राउ गरेको हो ।

आयुषले काभ्रे पाँचखाल नगरपालिका-८ चिसापानी बस्ने ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाईदिने प्रलोभनमा पारी उनीहरूबाट ३९ लाख रुपैयाँ लिई सम्पर्क विहिन भएका थिए ।
उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]