प्रकशित मिति : ६ असार २०७५, बुधबार २१:००

किसान खत्री

यथार्थमा जीवन कसैको पनि साधरण हुँदैन।तहअनुसार मनका विविध चाहाना र त्यसको पुर्णताका निम्ति गरिने दौदधुप यसका प्रमाण हुन। सबै कुराले भरिपुर्ण या भनौ कुनै कुराको कमि नभएको जीवनको खाशै अर्थ पनि हुदैन। हिडिरहँदा बाटोमा अबरोध आएन भने जिन्दगिको सिकाईमा पुर्णता भेटिदैन।तर त्यहि बाटो हिड्दा अविकल्पिय मार्गमा ठुलो पर्खाल; अनि त्यो पार गर्नुपर्ने यात्राले पक्कैपनि जीवन सिकाउछ नै। बाबुराम भट्टराई र उपेन्द्र देबकोटा-तपाईहरु दुवैजना असाधरण वौद्दिक व्याक्तित्व हो। तपाईहरुका जीवनका सँघर्षका ति पाठहरु जो कसैका लागि पनि प्रेरणाका स्रोत बन्न सक्छन। समकालिन ईतिहास को अनुभव हामि पढेर र बुझेर वर्तमानमा अनुभुत गर्न सक्छौ।को ,के, कस्तो र कति भन्दा पनि समयको मागअनुसार ‘कसरि’ भन्ने कुरा मुख्य लाग्छ मलाई। तपाईहरु दुई जना सँगै पढ्दा बाबुराम सधै प्रथम र उपेन्द्र सधै दोस्रो रे-मैले बुझेको यहि हो । त्यो चाहिँ एकेडेमिक्समा रे। बुझिरहदा,सुनिरहदा सुनाउनेले मुल्याङ्कनको सिमाङ्कन पद्दतिमा कमि गरेको आभाष मलाई हुन्छनै किनकि म विनर(Winner) को परिभाषा आजको सँसारमा एकेडिमिक्समा प्रथम हुनेलाई भन्दिन-हो कहिल्यै पनि-र सधै पनि।यसको अनुभव को भागि म आफै पनि जीवनमा धेरै पटक भएको छु तर त्यसरि सुनेझै मनले आफुलाई परिभाषित गर्यो भने त्यो व्यर्थको मुल्याङ्कन मात्र हुन्छ, मलाई यस्तै लाग्छ-किनकि मेरो मनले सधै मलाई सिकाउथ्यो कि Winner( विजेता) त त्यो हो जुन Scenario Adoptive छ।एकेडेमिक्समा बाबुराम कहिल्यै दोस्रो भएनन तर यथार्थ जिवन मा कैल्यै प्रथम भएको पनि मैले पाईन।उपेन्द्र देबकोटा एकेडेमिक्समा थोरै पटक दोस्रो भए होलान तर यथार्थ जिवनमा उनि कहिल्यै दोस्रो भएनन-हो मैले यस्तै बुझे।अब यसमै प्रसङ्ग आउन सक्छ बाबुरामले यो गरे उ गरे तर सत्य कुरा के हो भने ‘आफ्नो लागि त जसले पनि गर्छ- निस्वार्थ भावले अरुका लागि गर्नु लाई महानता भनिन्छ ;सायद”।
सत्यता,ईमान्दारिता र देशप्रतिको अदभुत प्रेम र पुर्ण रुपमा कर्तव्यनिष्ठा व्याक्तित्व साधरण रुपमा सधै प्रस्तुत भैरहे-मानवताको क्षेत्रमा अशल भएर लागिरहे। कुनै शब्द छैन उनलाई व्यख्य गर्न-हो उनै हुन डा.देबकोटा। अर्कातिर आफ्नो विलक्षण बौदिक्तालाई हिँसाको गोरेटोमा घिसार्दै रोल्पाबाट जीवनको करिअर बनाउन लागेकै हुन भट्टराई। उनको सोचाई देशका लागि थियो होला तर त्यति धेरै बिद्वान ले किन हिँसा नै रोजेछन? मेरो मनमा खुलदुलि हुन्छनै-सायद उनको बाटो त्यो थिएन। उनि ब्याक्तिगत रुपमा सफल हुन या होईनन त्यो म भन्न सक्दिन तर समय सङ्गै उनि सफल मान्छे होईनन-हो बाबुराम उनै हुन।
अन्त्यमा, देवकोटा हामिमाझ छैनन-उनि जितेरै गएका छन। तर भट्टराई जितेर जान्छन या हारेर त्यो समयले परिभाषित गर्नेछ। देश र जनताको लागि केहि गर्छु भनेर अघि बढेका भट्टराईको बाटो पक्कैपनि धुलमुलिएकै हो-आगामि दिनमा अशल सोचाईको एक्जेक्युसन होस-शुभकामना। जीवन कसरि जिउने भन्ने कुरा महत्वपुर्ण हो। देवकोटा यथार्थमा जिवन जिउन जानेका मान्छे हुन। जीवनको अन्तिम समयमा अश्वस्थ हुदा पनि लामो दुरिको यात्रा गरि विरामिको उपचार गर्नु, रोग निको नहुने भएपछि आफ्नै मातृभुमिमा मर्न आउनु र मरिरहदा नेपाली पोसाकमा जलाउन आग्रह गर्नु-यो भन्दा ठुलो महानता एउटा सबै कुराबाट सक्षम मान्छेबाट के हुनसक्छ? बाबुराम भट्टाईले त आफु प्रधानमन्त्रि हुँदा रास्ट्रिय पोसाक हटाएका थिए। यिनकै पालामा देशको झण्डा फेर्ने र एअरपोर्टमा भारतिय एअरमार्शल लगाएतका आबाज उठेका थिए।
देबकोटा यथार्थ जिवनमा कहिल्यै दोस्रो भएनन तर भट्टराई यथार्थ जिवनमा कहिल्यै प्रथम भएनन।विवेकको प्रयोग समय र सिनारियो अनुसार नहुँदा जीवनमा यस्ता परिणाम अवश्य आउछन।गहिरो श्रदाशुमन डा.देबकोटा- यथार्थ जितको शुभकामना डा.भट्टराई।
किसान खत्री- प्युठान हाल काठमाण्डौ
M.Sc.2nd Sem. CDP-TU


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com