१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

रिगलको आममाफी सर्वोच्च अदालतले उल्टाएपछि शरदा बोहराले पाउलिन् त न्याय ?

Logo
Abc Sanchar प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । हत्या अभियोगमा सजाय काटिरहेका योगराज ढकाल ‘रिगल’लाई सरकारले आममाफी दिएकोमा सर्वोच्च अदालतले त्यसलाई उल्टाएपछि यस्तै अन्य विषयमा पनि प्रश्न उठेको छ । खासगरी त्यस्तै दर्दनाक घटनामा जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीको कैद मिनाहको विषयमा पनि प्रश्न उठेको हो ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एकजना नाबालक र सातजना सुरक्षाकर्मीसहित आठजनाको ज्यान गएको हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए । त्यस्तै प्रकृतिको घटनामा रिगलको आममाफी सर्वोच्चले उल्टाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर गत असोज ३ गते नेपालगन्जको धम्बोझी चोकमा दिनदहाडै खुँडाले हानेर मान्छे मार्ने रिगल भनिने गुन्डा नाइके योगराज ढकालको १२ वर्ष कैद माफी गरिदिएका थिए । यो सरकारी निर्णयलाई बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले कैद मिनाहालाई कानुनविपरीत भएको ठहर गर्दै बदर मात्रै गरिदिएन, थुनामुक्त भएका रिगललाई पुनः पक्राउ गर्न निर्देशन दियो ।

सुविधा राज्य संयन्त्रका कुनै पनि पदाधिकारीलाई प्राप्त हुन सक्तैन  ।’

सर्वोच्चले कुनै पनि मुद्दामा कैद कट्टा गर्दा पीडित परिवारको अनिवार्य सहमति लिनुपर्ने उल्लेख गरेको छ  । साथै मृतकप्रति आश्रित पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ  । ‘रिगल ढकाललाई कैद मिनाहा गर्दा मृतकका अन्य आश्रित परिवारलाई राज्यले के क्षतिपूर्ति दियो ?’ सर्वोच्चले भनेको छ, ‘पीडितलाई सामाजिक पुनःस्थापना र क्षतिपूर्तिको व्यवस्था पनि गर्नुपर्ने हुन्छ  ।’ कैद मिनाहा गर्नु संविधानविपरीत भएको ठहर गर्दै सर्वोच्चले ‘अदालतमा प्रवेश गरेकी भारती शेर्पा तथा मृतकका अन्य आश्रित परिवारजनलाई राज्यको तर्फबाट सामाजिक पुनःस्थापना र क्षतिपूर्तिका लागि के व्यवस्था भयो ?’ बिहीबार जारी फैसलामा भनिएको छ  । अब चौधरीको विषयमा फैसला आए यही कुरा समेटिने कानुनविदहरूले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । हत्या अभियोगमा सजाय काटिरहेका योगराज ढकाल ‘रिगल’लाई सरकारले आममाफी दिएकोमा सर्वोच्च अदालतले त्यसलाई उल्टाएपछि यस्तै अन्य विषयमा पनि प्रश्न उठेको छ । खासगरी त्यस्तै दर्दनाक घटनामा जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीको कैद मिनाहको विषयमा पनि प्रश्न उठेको हो । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एकजना नाबालक […]

  ABC (क्राईमबिट) काठमाडौं । झापाको दमक नगरपालिका ५ घर भएका ४६ वर्षीय खनाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार पक्राउ गरेको हो। सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई पत्र लेखेपछि ब्यूराले उनलाई पक्राउ गरेको हो। उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा थप अनुसन्धानका लागि […]

  (ABC-Sanchar) काठमाडौं । नेकपा (एमाले) की नेतृ कोमल वलीले २०८४ मा हुने आम निर्वाचन लड्नको लागि तयारी गर्न पत्रकार ऋषि धमलालाई सुझाव दिएकी छिन् । हिजो प्राइम टिभीको लोकप्रिय कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो सुझाव दिएकी हुन् । उनले विभिन्न क्षेत्रमा काम गरेका व्यक्तिहरु राजनीतिमा आउनुपर्ने धारणा राख्ने क्रममा […]