१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

प्युठानका स्थानीय तहमा बजेट निर्माणको तयारी सुरु, कस्ता योजना छनौट होलान !

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५

टोलटोलमा योजना छनोट

सलिम अन्सारी,प्युठान

दुई दशक सम्म स्थानीय तहमा जनप्रतिनिधी नहुँदा सर्वसाधारणले निकै सास्ती खेप्नुपर्यो । यसै बिचमा सम्पन्न भएका संविधानसभा निर्वाचनमा समेत आफैले भोट दिएर जिताएका प्रतिनिधिको अनुहार उनिहरु मुस्किलले देख्न पाउंथे । सर्वसाधारणका समस्या उनिहरुको घर र टोल सम्म पुगेर सोधीखोजी गरिदिने कोहि थिएन्न । तर, यहाँ चुनाब जितेर गएका जनप्रतिनिधी फेरि फर्केर समस्या,योजना बारे सुझाव लिदै गाउँ टोलमा आउँदा सर्वसाधारण पनि खुसी छन ।
स्थानिय सरकारका प्रतिनिधिसंग जिल्लाका बासिन्दाले घरै बसेर विकास माग्ने अवसर पाएका हुन् । आगामी असार १० भित्र हुने गाउँ तथा नगरसभालाई लक्षित गरी जिल्लाका धेरैजसो स्थानीय तहले आगामी आर्थिक बर्ष २०७५ / ७६ को लागि टोलटोलमा पुगेर योजना संकलन गरिरहेका छन् । असार २५ भित्र बजेट पेश गर्नुपर्ने स्थानीय तहहरुले असार १० गतेभित्रै नीति तथा कार्यक्रम पेश गर्नुपर्ने नितिगत व्यवस्था छ । दुई नगरपालिका र सात गाउपालिका सहित नौ स्थानियतह रहेको यस जिल्लामा जनप्रतिनिधी र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन ।यो अवसर पहिलोपटक मिलेको स्थानीयले बताएका छन् । ‘पहिले र अहिलेमा धेरै फरक अनुभव भएको छ,’ सरुमारानी-४ का बासुदेव गिरिले भने, ‘जिल्ला परिषद् हुँदा नेताले भाषण गरेर सकिन्थ्यो । उनीहरूले टिपाएका योजनाका काम हुन्थे । अहिले हामी आफैंले योजना टिपाउने अवसर छ ।’ यसरी योजना छनोट गर्दा घरघरै जोडिएका बस्ती र सानोतिनो समस्या समाधानमा सहज हुने उनले बताए ।
नजिकको सरकारसँग सहज पहुँच हुने भएकाले ठूला योजनाभन्दा धेरै अपेक्षा हुने बताए । ‘ठूला योजना प्रदेश र केन्द्र सरकारले गर्छन्,’ उनले भने, ‘नजिकको सरकारले स–साना काम गर्ने हो । जसले ठूलो महत्त्व दिन्छ ।’ दुई नगरपालिका सहित नौ वटा स्थानिय तह रहेको प्युठानमा ६४ वटा वडा छन ।
वडा कार्यालयहरूले गाउटोलमा पुगेर छलफल गरी योजना छनोट गरेका योजना वडा हुँदै सम्बन्धित गाउँ तथा नगर पालिकासम्म पुर्याइने जनाएका छन् । ‘कार्यालयमा बसेर टिपेका योजनाले जनताको समस्या सुल्झिन्न,’ सरुमारानी १ का वडाध्यक्ष मुकुन्दराज शर्माले भने, ‘टोलटोलमै पुग्दा त्यहाँका समस्या जस्ताको तस्तै देखिन्छ । काम गर्दा जनताको सहभागिता बढ्छ ।’ टोलबासीले छानेका योजना गाउंसभामा पेस गरिने उनी बताउँछन् । उता,संघीय संरचनापछिको तेस्रो गाउसभालाई व्यवस्थित बनाउन हरेक वडाको टोल टोलमा पुगेर ल्याईएका योजनाहरुको संकलन गर्ने काम भईरहेको ऐरावती गाउँपालिका अध्यक्ष नविल बिक्रम शाह बताउँछन् । ‘अघिल्लो वर्ष अलमलमै परियो,’ उनले भने, ‘१ वर्षको अवधिमा धेरै सिकाइ भयो । जनतालाई दैलाको सरकारको अनुभूति हुने गरी जाँदै छौं ।’ सवै वडाका अध्यक्ष, सदस्य, गाउसभाका पदाधिकारी सबैसँग छलफल गरी गाउँ सभा गर्न लागिएको उनले बताए । जनताका अत्याबश्यक मागहरुलाई सम्बोधन हुने र शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न लागिएको गाउपालिका अध्यक्ष शाहले नेपाल समाचारपत्रलाई जानकारी दिए । चालु आर्थिक वर्षको अधिकांस बजेट भौतिक पुर्वाधार तर्फको सडकमा खर्चिएका स्थानीय तहले आगामी वर्षको लागि शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्न लागेको बताएका हुन ।
जनताले प्रत्यक्ष रुपमा दिइएको सुझाव र योजनाले आउँदो कार्यक्रम बनाउन सजिलो हुने सरुमारानी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारी बताउँछन । नागरिकका वास्तविक आवाश्यक्ता के छन भन्ने बुझेर बनाएका योजना निती र कार्यक्रम नै सवैभन्दा प्रभावकारी हुन्छन । भण्डारीले भने ।बजेट निर्माणको पूर्व तयारीमा जुटेका जनप्रतिनिधिहरुलाई टुक्रे, साना र उपलब्धी विहिन योजनाहरु छनौट नगर्न सरोकारवालाहरुले सुझाब समेत दिएका छन् । विगतमा कर्मचारीहरुले राजनितीक दलहरुलाई साँछी राखेर बनाउने टुक्रे योजनाहरुको निरन्तरताले विकासको गतिमा कुनै सकरात्मक परिवर्तन नगर्ने भन्दै परिणाममुखी, दिगो ,बजेटको उपयोग हुने , जनतालाई सुविधा र रोजगारि सिर्जना गर्ने योजनाहरुलाई प्राथमिकता दिनुपर्ने आवाज उठेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!