२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

पर्वतमा ब्रेक फेल हुंदा जीप दुर्घटना, ९ यात्रु घाइते

Logo
प्रकाशित बुधबार, आषाढ ०६, २०७५

फलेवास (पर्वत) ६ असार – पर्वतको कुस्मा नगरपालिका–७ रोहोटेमा आज दिउँसो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
कुस्मा नगरपालिका–३ दुर्लुङ्गबाट कुस्माबजारतर्फ आउँदै गरेको ग१ज ६०६५ नम्बरको जीप ब्रेक फेल भइ दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा सबैजसो कुस्मा नगरपालिका–३ दुर्लुङ्गका वासिन्दा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका कुस्मा– ३ दुर्लुङ्गका ७४ वर्षीय पूर्णबहादुर दर्जीलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । जीपका चालक दुर्लुङका ४६ वर्षीय डिलबहादुर गुरुङको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी सामान्य घाइते भएका सोही ठाउँका २५ वर्षीय समिर पोख्रेल, २१ वर्षीय एलिसा सुनार, सोभाकान्त शर्मा, २५ वर्षीया कल्पना परियार, २२ वर्षीया अन्जु परियार, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ का २५ वर्षीया एलिजा विक र कुस्मा नगरपालिका–३ का ४० वर्षीया सुधा गुरुङ्ग जिल्ला अस्पताल पर्वतमा उपचारपछि घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी ३० गण हेक्टर बागेश्वरी बाँकेमा गणपति एसपी भिम चन्द आएदेखि बाँके जिल्लाभरमा सशस्त्र प्रहरी सम्पूर्ण युनिटलाई निर्देशन दिदै लागूऔषध अबैध चोरी तस्करीमा कडा निगरानी गर्न निर्देश समेत दिएका छ्न । साथै सशस्त्र प्रहरी बल नेपाल ३० गण एसपी चन्दको सक्रियतामा मुख्य सिमानामा सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरहरु प्रहरी जस्तै दिनहुँ चेकजाँच […]

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

error: Content is protected !!