०७ मंसिर २०८३, सोमबार
23-11-2026 , Mon
×

लकडाउनमा बिक्री नभए पछी खेतमै कुहिन थाले तरकारीहरु

Logo
प्रकाशित सोमबार, बैशाख २७, २०७८

(ABC-Sanchar)
काठमाडौं । ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा पाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताए ।

“निषेधाज्ञा सुरु भएको दुई÷तीन दिन सामान्य समयभन्दा बढी बिक्री वितरण भएको थियो । ​ त्यसपछि घट्दै गयो, अहिले आधामा झरेको छ,” उनले भने, “आवागमन कम भयो, होटेल पार्टी प्यालेस बन्द भए र थुप्रै मान्छे काठमाडौँ छाडेर हिँडिसकेकाले एकाएक बिक्रीमा कमी आएको छ ।”

पहिला दैनिक करिब नौ सय मेट्रिक टन तरकारी तथा फलफूल बिक्री हुन्थ्यो, अहिले चार सय मेट्रिक टनमा झरेको छ, उनले बताए । बिक्री वितरण कम हुँदा यसको सीधै असर किसानमा पर्छ । पोखरा, चितवन, बाँके लगायतका जिल्लामा उत्पादन भएका तरकारी बिक्री नहुँदा खेतमै कुहिरहेका छन् । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । सल्यान जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गर्दा सल्यानमा मादक पदार्थ सेवन (मापसे) गरी र ट्राफिक नियम पालना नगरी सवारी चलाउने २ सय २३ जना सवारी चालक कारबाहीमा परेका छन्। सल्यानका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले मापसे गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेको हो। ट्राफिक कार्यालय शीतलपाटी सल्यानका प्रमुख जयराम घर्तीका अनुसार […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ गंगापुरमा राष्ट्रिय जनमत पार्टी (बुलडोजर छाप) को बिजय सिंह बर्माको संयोजकत्वमा १३ सदस्यीय गाउँ कमिटी गठन भएको छ। उपसंयोजकमा प्रेम कुम्हार चयन भएका छन् । आज भएको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रम वार्ड इन्चार्ज सियाराम कुम्हारको नेतृत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका-४ का वार्ड इन्चार्ज शैलेन्द्र […]

पर्सा । वीरगन्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेकी एक भारतीय महिलालाई २ केजी अफिमसहित भारतीय प्रहरीले मितेरी पुलबाट पक्राउ गरेको छ। शंका लागेर चेकजाँच गर्दा उनको साथबाट अफिम बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकी महिलामाथि थप अनुसन्धान भइरहेको छ।

error: Content is protected !!