२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीको पुण्यको काम

Logo
प्रकाशित शनिबार, जेठ ०१, २०७८

(महेन्द्र प्रताप सिंह)
बर्दिया । कोभिड १९ मा आमा बुवा गुमाएका कारण खान लाउन समस्या परेका गुलरिया ३ खैरी मनकामना टोलका २ बालक अमन र राहुल नगरकोटीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले तत्कालका लागि खाद्यान्न सहयोग गर्नु भएको छ। बालकका हजुर आमा ७८ वर्षीय पदमा नगरकोटीलाइ सो सहयोग हस्तान्तरण गरिएको हो। भारतमा रोजगारी गर्ने क्रममा कोभिड १९ संक्रमण भै २ हप्ता अघि बाबु ४३ वर्षीय गोपाल नगरकोटीको र एक हप्ता अघि आमा लक्ष्मी नगरकोटीको निधन भएको थियो। आमा बाबु गुमाएका उनीहरूलाई खान लाउन समस्या परेपछि मामा घर पण्डितपुर गई बस्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!