०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

बाँसगढी घटनाको विषयमा सांसद शान्ता चौधरीले गराइन् गृहमन्त्रीको ध्यानाकर्षण

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

प्रविण भुसाल, काठमाडौं, ८ असार – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले बर्दियाको बाँसगढीमा कमलरी अस्मिता थारुको हत्या सम्बन्धमा छानबिन गर्न सरकारसँग माग गरेकी छिन् ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको विशेष समयमा सांसद चौधरीले कमलरीमुक्त नेपाल घोषणा गरिएको ५ वर्ष भइसक्दा पनि लुकाएर कमलरी राखिएकाले हत्याका घटना घटेको उनले बताइन् ।

बर्दिया बढैयातालका दुर्गा भण्डारीको घरमा अस्मिताले जेठ २९ गते राति आत्महत्या गरेको भनिए पनि उनको आत्मकत्या कि हत्या भन्ने विषयमा छानबिन गर्नुपर्ने चौधरीले बताइन् ।

मृत्युको विषयलाई लिएर कैलाली र बर्दियामा आन्दोलन भइरहेको तथा मृत्यु भएकी अस्मिता कमलरीको शरीरभरी निलडाम भएकोले आशंका बढेको बताइन् ।

उनले घटना सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जनशक्तिको बढुवा तथा पदस्थापन प्रक्रिया अघि बढाएको छ। जनपद प्रहरी समूह अन्तर्गतका प्रहरी सहायक हवल्दारहरूको पदोन्नति र जिम्मेवारी तोकिएको हो। प्रहरी उपरीक्षकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ कार्यरत एक हजार ३२ जना प्रहरी सहायक हवल्दारलाई बढुवा गर्दै विभिन्न स्थानमा पदस्थापन गरिएको जनाइएको छ। बढुवा तथा पदस्थापनसँगै सम्बन्धित कर्मचारीहरूलाई नयाँ जिम्मेवारीसहित […]

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]

दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका […]

error: Content is protected !!