१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

बाँसगढी घटनाको विषयमा सांसद शान्ता चौधरीले गराइन् गृहमन्त्रीको ध्यानाकर्षण

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

प्रविण भुसाल, काठमाडौं, ८ असार – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले बर्दियाको बाँसगढीमा कमलरी अस्मिता थारुको हत्या सम्बन्धमा छानबिन गर्न सरकारसँग माग गरेकी छिन् ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको विशेष समयमा सांसद चौधरीले कमलरीमुक्त नेपाल घोषणा गरिएको ५ वर्ष भइसक्दा पनि लुकाएर कमलरी राखिएकाले हत्याका घटना घटेको उनले बताइन् ।

बर्दिया बढैयातालका दुर्गा भण्डारीको घरमा अस्मिताले जेठ २९ गते राति आत्महत्या गरेको भनिए पनि उनको आत्मकत्या कि हत्या भन्ने विषयमा छानबिन गर्नुपर्ने चौधरीले बताइन् ।

मृत्युको विषयलाई लिएर कैलाली र बर्दियामा आन्दोलन भइरहेको तथा मृत्यु भएकी अस्मिता कमलरीको शरीरभरी निलडाम भएकोले आशंका बढेको बताइन् ।

उनले घटना सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।

बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् । श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको […]