१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

बाँके प्रहरीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ ०८, २०७८

(महेन्द्र सिंह)
बाँके । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका नेपालगन्ज उपमहानगरपालिका वडा न- ३ एकलैनी बस्ने २७ वर्षीय सदाव हलुवाईलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको Special Task Force Team ले शनिबार पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्ला अदालत बाँकेको मिति २०७७।०९।०१ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएका हलुवाई हालसम्म फरार थिए । पक्राउ परेका हलुवाईलाई प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाएकाे छ । याेसंगै बाँकेमा हालसम्म ५८० जना फरार अभियुक्त पक्राउ परिसकेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]

(एबिसि संचार )                                                              कञ्चनपुरको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा […]

(एबिसि संचार )                                                                ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको सशस्त्र […]