०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

प्रहरीमाथि व्यापारीबाट कुटपिट ३ प्रहरी घाईते १० जना पक्राउ अन्य फरार

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

(रवि वर्णवाल)
वीरगन्ज । जारी निषेधाज्ञालाई अवज्ञा गर्दै मुर्ली पोखरीमा माछा बेच्ने व्यपारीहरुले प्रहरीलाई कुटपिट गरी घाईते बनाएका छन ।

शुक्रबार साँझ व्यापारीको कुटपिटबाट प्रहरी जवान अरबिन्दर कुशवाहा, सिकेन्द्र साह र देवीलाल साह घाईते भएका छन ।

व्यपारिको कुटपिटबाट प्रहरी जवान कुशवाहा गम्भिर घाईते भएका छन । घाईते प्रहरीको तराई हस्पिटलमा उपचार पश्चात वडा प्रहरी कार्यालयमा राखिएको श्रीपुरका प्रहरी निरिक्षक दिनेश गौतमले जानकारी दिनुभयो ।

कुटपिटमा संग्लन भएको आरोपमा प्रहरीले दुई स्थानिय सहित १० जना व्यपारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

उहाँले घटनाबारे अनुशन्धान भईरहेको र दोषीमाथि हदै सम्मको कारवाही गर्ने जानकारी दिुनभयो । शुक्रबार साँझ प्रहरीले भिडभाड नगर्न व्यपारीलाई सम्झाउदा उल्टै उनीहरु प्रहरीमाथि ढुङ्गामुडा गर्न थालेका थिए ।  थौरे संख्यामा रहेका प्रहरीमाथि व्यपारिहरु एक्कासी आक्रमण गर्न थालेपछि स्थानियहरु प्रहरी माथि जाईलागेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!