०५ आषाढ २०८२, शुक्रबार
20-06-2025 , Fri
×

प्रहरीमाथि व्यापारीबाट कुटपिट ३ प्रहरी घाईते १० जना पक्राउ अन्य फरार

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

(रवि वर्णवाल)
वीरगन्ज । जारी निषेधाज्ञालाई अवज्ञा गर्दै मुर्ली पोखरीमा माछा बेच्ने व्यपारीहरुले प्रहरीलाई कुटपिट गरी घाईते बनाएका छन ।

शुक्रबार साँझ व्यापारीको कुटपिटबाट प्रहरी जवान अरबिन्दर कुशवाहा, सिकेन्द्र साह र देवीलाल साह घाईते भएका छन ।

व्यपारिको कुटपिटबाट प्रहरी जवान कुशवाहा गम्भिर घाईते भएका छन । घाईते प्रहरीको तराई हस्पिटलमा उपचार पश्चात वडा प्रहरी कार्यालयमा राखिएको श्रीपुरका प्रहरी निरिक्षक दिनेश गौतमले जानकारी दिनुभयो ।

कुटपिटमा संग्लन भएको आरोपमा प्रहरीले दुई स्थानिय सहित १० जना व्यपारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

उहाँले घटनाबारे अनुशन्धान भईरहेको र दोषीमाथि हदै सम्मको कारवाही गर्ने जानकारी दिुनभयो । शुक्रबार साँझ प्रहरीले भिडभाड नगर्न व्यपारीलाई सम्झाउदा उल्टै उनीहरु प्रहरीमाथि ढुङ्गामुडा गर्न थालेका थिए ।  थौरे संख्यामा रहेका प्रहरीमाथि व्यपारिहरु एक्कासी आक्रमण गर्न थालेपछि स्थानियहरु प्रहरी माथि जाईलागेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!