०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

प्युठानमा एउटै परिवारका ३ जना झुण्डिएको अबस्थामा मृत्यु फेला

Logo
प्रकाशित मंगलबार, जेठ ११, २०७८

(ABC-Sanchar)
प्यूठान । एउटै परिवारका तीन जना एकै ठाउँमा झुण्डिएको अबस्थामा फेला परेका छन् । प्यूठान नगरपालिका-२ चितिखाेलाका एउटै परिवारका आमा, छोरा र छोरीको शब झुण्डिएको अबस्थामा मृत फेला परेका हुन ।
जिल्लाको स्वर्गद्वारी नगरपालिका-८ हदचाैर माईत भएकि गाईत्री सुनार, अन्दाजी २ बर्षकाे छोरा सुजन, ५ बर्षकाे छाेरी प्रकृती सहित ३ जना प्युठान नगरपालिका-१ चेरनेटा नजिक जंगलमा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। एकै स्थानमा एकैघरका तीन जना मृत भेटिएपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’ आत्मा हत्या हो या हत्या,अझै केही खुलेको छैन, हामी घटनाकाे छानविनमै छौँ ।’

अहिले उनीहरुको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल बिजुवार ल्याईएको छ ।
अन्दाजी २६ बर्षकि गायत्री सुनार सोमबार साझ घरबाट माईत जान्छु भनी हिडेकाे ससुरा गिरबहादुर सुनारले वताउनु भयाे । मृतकका श्रीमान प्रकाश सुनार राेजगारिकाे शिलशिलामा भारतमा रहेका छन ।

आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!