२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

प्युठानमा एउटै परिवारका ३ जना झुण्डिएको अबस्थामा मृत्यु फेला

Logo
प्रकाशित मंगलबार, जेठ ११, २०७८

(ABC-Sanchar)
प्यूठान । एउटै परिवारका तीन जना एकै ठाउँमा झुण्डिएको अबस्थामा फेला परेका छन् । प्यूठान नगरपालिका-२ चितिखाेलाका एउटै परिवारका आमा, छोरा र छोरीको शब झुण्डिएको अबस्थामा मृत फेला परेका हुन ।
जिल्लाको स्वर्गद्वारी नगरपालिका-८ हदचाैर माईत भएकि गाईत्री सुनार, अन्दाजी २ बर्षकाे छोरा सुजन, ५ बर्षकाे छाेरी प्रकृती सहित ३ जना प्युठान नगरपालिका-१ चेरनेटा नजिक जंगलमा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। एकै स्थानमा एकैघरका तीन जना मृत भेटिएपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’ आत्मा हत्या हो या हत्या,अझै केही खुलेको छैन, हामी घटनाकाे छानविनमै छौँ ।’

अहिले उनीहरुको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल बिजुवार ल्याईएको छ ।
अन्दाजी २६ बर्षकि गायत्री सुनार सोमबार साझ घरबाट माईत जान्छु भनी हिडेकाे ससुरा गिरबहादुर सुनारले वताउनु भयाे । मृतकका श्रीमान प्रकाश सुनार राेजगारिकाे शिलशिलामा भारतमा रहेका छन ।

आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]