२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

झापा प्रहरीले लागुऔषधसहित २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, जेठ १२, २०७८

ABC (क्राईमबिट)
झापा । गौरीगञ्ज गाउँपालिमा वडा नम्बर २ स्थित लालमाटीबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय लोकेन्द्र खड्का र २४ बर्षीय कमल दाहाल रहेका छन्।

प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे तरकारी बोकेको झोला भित्र लागुऔषधसहित उनिहरूलाई पक्राउ पारेको हो ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, वीनस्पामो–२८ ट्याब्लेट र नेट्राभेट–३० ट्याब्लेट फेला पारेको हो ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!