१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

बिरामीको मृत्यु भएपछी आफन्तले भेरी अस्पतालमा नर्समाथि हातपात गरे

Logo
प्रकाशित शुक्रबार, जेठ १४, २०७८

(ABC-Sanchar)
बाँके । दाङका डिल्ली रावतको उपचारको क्रममा मृत्यु भएपछि भेरी अस्पताल नेपालगञ्जमा आफन्तीले चिकित्सकलाई दुव्र्यवहार गरेका छन् । घटनापछि भेरी अस्पतालमा तनाव सिर्जना भएको छ ।
जेठ ४ गते भेरीमा भर्ना गरिएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेका थिए । उनको मृत्यु भयो । मृतकका छोरा र भाईहरुले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश साहु र नर्सहरु अस्मिनी गुरुङ र सदिक्षा गैरैमाथि हातपात गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले विरामीको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा किन हामीलाई नसोधी भेन्टिलेटरमा राखेको भन्दै डाक्टर र नर्समाथि दुव्र्यवहार गरेको बताउनुभयो ।
मृतकका छोरा र दुई भाईले डिउटीमा रहेका डाक्टर साहु र नर्सद्वयलाई हातपातको प्रयास गरेपछि उनीहरुको भागाभाग भएको थियो । त्यसक्रममा दुई जना नर्स झ्यालबाट तल हामफालेको अस्पताल सम्बद्धले बताएका छन् ।
डाक्टर र नर्सलाई दुव्र्यवहार गर्ने मृतकका एक छोरा र दुई भाईलाई प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज डिल्ली खड्काले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
घटना लगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, एसपी ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेका छन् । अस्पतालमा कार्यरत नर्सहरुले सुरक्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कारबाही नभएसम्म काममा नफर्किने चेतावनी दिएका छन् । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले दुव्र्यवहार गर्नेलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने बताउनुभयो ।
अस्पतालमा राती साढे एघार बजेसम्म सुरक्षा अधिकारी, अस्पताल विकास समितिका पदाधिकारी र डाक्टरका बीचमा वार्ता भएको छ । वार्तामा छानबिन टोली गठन गर्ने विषयमा छलफल भएको छ । डाक्टर र नर्सले तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!