१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बिरामीको मृत्यु भएपछी आफन्तले भेरी अस्पतालमा नर्समाथि हातपात गरे

Logo
प्रकाशित शुक्रबार, जेठ १४, २०७८

(ABC-Sanchar)
बाँके । दाङका डिल्ली रावतको उपचारको क्रममा मृत्यु भएपछि भेरी अस्पताल नेपालगञ्जमा आफन्तीले चिकित्सकलाई दुव्र्यवहार गरेका छन् । घटनापछि भेरी अस्पतालमा तनाव सिर्जना भएको छ ।
जेठ ४ गते भेरीमा भर्ना गरिएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेका थिए । उनको मृत्यु भयो । मृतकका छोरा र भाईहरुले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश साहु र नर्सहरु अस्मिनी गुरुङ र सदिक्षा गैरैमाथि हातपात गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले विरामीको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा किन हामीलाई नसोधी भेन्टिलेटरमा राखेको भन्दै डाक्टर र नर्समाथि दुव्र्यवहार गरेको बताउनुभयो ।
मृतकका छोरा र दुई भाईले डिउटीमा रहेका डाक्टर साहु र नर्सद्वयलाई हातपातको प्रयास गरेपछि उनीहरुको भागाभाग भएको थियो । त्यसक्रममा दुई जना नर्स झ्यालबाट तल हामफालेको अस्पताल सम्बद्धले बताएका छन् ।
डाक्टर र नर्सलाई दुव्र्यवहार गर्ने मृतकका एक छोरा र दुई भाईलाई प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज डिल्ली खड्काले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
घटना लगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, एसपी ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेका छन् । अस्पतालमा कार्यरत नर्सहरुले सुरक्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कारबाही नभएसम्म काममा नफर्किने चेतावनी दिएका छन् । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले दुव्र्यवहार गर्नेलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने बताउनुभयो ।
अस्पतालमा राती साढे एघार बजेसम्म सुरक्षा अधिकारी, अस्पताल विकास समितिका पदाधिकारी र डाक्टरका बीचमा वार्ता भएको छ । वार्तामा छानबिन टोली गठन गर्ने विषयमा छलफल भएको छ । डाक्टर र नर्सले तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!