०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

गृहमन्त्रालयले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुने

Logo
प्रकाशित शुक्रबार, जेठ १४, २०७८

(महेन्द्र सिंह)
बाँके । भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।

शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो ।

गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’

बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । उनीहरु तिनैजना पक्राउ परेको प्रहरीले जनाएको छ, अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

गृह प्रवक्ता दाहालका अनुसार घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति पनि बनाइएको छ ।

चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । अस्पताल परिसरमा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् ।

यसैबीच, मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै गृहले सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् ।बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको पहिलो प्राथमिताको प्रथम सूचीमा रहेको बताए । छिमेकी देश भारतसँग […]

error: Content is protected !!