०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

काठमाडौंमा नक्कली डिएसपी पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

 

ABC (क्राईमबिट)
काठमाडौं । आफूलाई नेपाल प्रहरीको डाक्टर मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) भनी प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा राखि नपाएको ओहोदा/ पदवी पाएको भनि भ्रम सिर्जना गरेको भन्ने यस महाशाखामा प्राप्त सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलिले जिल्ला काठमाण्डौं तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४४ को कृष्ण प्रसाद ढुङ्गानालाई तारकेश्वर नगरपालीका वडा न. मा निजले संचालन गरेको भिक्टोरिया फार्मेसी बाट पक्राउ गरी निजको बारेमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।
साथै कोही व्यक्ति निजबाट पिडित भएको भए यस महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न हुन अनुरोध ।

पक्राउ व्यक्ति:-
१. नाम :- कृष्ण प्रसाद ढुङ्गाना (Dr.SK Dhungana)
उमेर :- ४४ बर्ष
ठेगाना :- का.जि. तारकेश्वर न.पा. वडा नं. ६ ,जरङगू

अनुसन्धानबाट खुल्न आएका कुराहरुः-
१. आफुलाई मेडिकल डाइरेकटर (Dr.SK Dhungana )हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएको ।
२. नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दै आएको ।
३. नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षकको यूनिफम लगाएको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राख्ने गरेको ।

निजको साथबाट बरामद भएका सामानहरुः-
१. नेपाल प्रहरीको बिभिन्न पदहरूको यूनिफम लगाएका फोटा थान -३
२. प्रहरी नायब उपरीक्षकको यूनिफम थान-१
३. नेपाल प्रहरीको जर्सि थान -१
६. मोबाईल सेट थान -१

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानुन कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्‍याए इन्काउन्टर हुने बताएका छन् ।बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको पहिलो प्राथमिताको प्रथम सूचीमा रहेको बताए । छिमेकी देश भारतसँग […]

error: Content is protected !!