०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

मानव अघिकार घटनाहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०७५

स्मृती घर्ती मगर
प्यूठान १० असार
मानव अघिकार बर्ष पुस्तक २०१९ का लागी संकलन गरिएका घटनाहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम आज उध्योग बाणिज्य संघको सभाहल खलंगामा सम्पन्न भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्युठानका रविन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थी रहनु भएको थियो भने बिशेष अतिथी प्रमुख प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रोख्रेल रहनु भएको थियो।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्युठानको आयोजनामा भएको कार्यक्रममा राजनितिक अधिकार तथा मानव अधिकारका उल्लङ्गघनका घटनाहरु लगायतका बिषयहरुमा छलफल तथा समिक्षा गरिएको छ।
सबै घटनाहरुलाई अभिलेखका रुपमा राख्नको लागी सन् २०१८ को नेपाल मानव अधिकार बर्ष पुस्तकमा समावेश गरी प्रकाशन पूर्व यसलाई थप विश्वसनीय बनाउन र छुटेका घटना भएमा समावेश गरी अन्तिम रुप दिनको लागी प्रत्येक जिल्लाका जिल्ला स्तरमा सम्बन्धित सरोकारवालाहरु बिच अर्धबार्षिक समिक्षा कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई रहेको छ।
इन्सेकले मानव अधिकारका उल्लङ्गघन बाट पीडितहरुको अधिकार सुनिश्चत गर्न र राज्यलाई दायित्वबोध गराई पीडितहरुको परिपुरणमा सहयोग गराउने उद्देश्यले सो संस्थाबाट देशभरीका हत्या, बालअधिकार हनन्, धम्की, कुटपिट, महिला माथि हुने सबै प्रकारका भेदभाव, दुब्र्यवहार, बेपत्ता, अपहरण, बलत्कार लगायत सबै प्रकारका जातीय बिभेद आदी घटनाहरुलाई समेट्ने गरेको छ। यस संस्थाले आफनो स्थापनाकाल देखि नै मानवअधिकार संरक्षण प्रवद्र्धन कार्यमा क्रियाशिल रहनुको साथै मानव अधिकारका उल्लङ्गघनका घटनाहरुको अभिलेखिकरण र प्रकाशन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै आएको छ।
कार्यक्रमा बोल्दै इन्सेकका रबिन्द्र पाण्डेले ६ महिनाको समय अवधिभर प्युठान जिल्लामा घटेका घटनाहरुको बारेमा जानकारी गराउनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख राजेन्द्र प्रोख्रेलले घटनाहरुको अभिलेखिकरण र प्रकाशनमा समावेश गर्न छुटेका घटनाहरुको बारेमा बिस्तृत जानकारी दिनुभएको थियो। साथै उहाले आफना गाउं बस्तीहरुमा घटेका घटनाहरुरलाई कुनै संकोच नमानी सम्बन्धित निकाय सम्म पुग्याई दिनको लागी समेत आग्रह गर्नु भएको छ।
नेपाल पत्रकार महासंघ प्युठानका सचिव बिजयसिंह भारतीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा हरप्लेस प्युठानका जिल्ला संयोजक पम्फा पन्त, स्थानिय शान्ति समिति प्युठानका कार्यालय सचिव कमल थपलिया, महिला सहयोग मञ्च प्युठानका अध्यक्ष पार्वता आचार्य लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । न्यूयोर्क संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । विशेषगरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन् । संघको मानवीय मामिलाका लागि समन्वय कार्यालय ९ओसीएचए० ले सार्वजनिक गरेको प्रतिवेदनमा […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरूमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो। इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता […]

  काठमाडौं । भारत अभिनेता केही महिनादेखि मिर्गौलाको समस्याबाट पीडित थिए। फिश वेंकट ‘गब्बर सिंह’ र ‘डीजे टिल्लु’ जस्ता चलचित्रका लागि परिचित छन्। फिश वेंकट केही महिनादेखि मिर्गौलाको उपचार गराइरहेका थिए। उनको डायलाइसिस भइरहेको थियो। अभिनेतालाई मिर्गौला प्रत्यारोपण आवश्यक थियो। यस्तै फिश वेंकट आर्थिक संकटको सामना गरिरहेका थिए। उनलाई पवन कल्याण र विश्वक सेनले उपचारका […]

error: Content is protected !!