०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

मानव अघिकार घटनाहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०७५

स्मृती घर्ती मगर
प्यूठान १० असार
मानव अघिकार बर्ष पुस्तक २०१९ का लागी संकलन गरिएका घटनाहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम आज उध्योग बाणिज्य संघको सभाहल खलंगामा सम्पन्न भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्युठानका रविन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थी रहनु भएको थियो भने बिशेष अतिथी प्रमुख प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रोख्रेल रहनु भएको थियो।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्युठानको आयोजनामा भएको कार्यक्रममा राजनितिक अधिकार तथा मानव अधिकारका उल्लङ्गघनका घटनाहरु लगायतका बिषयहरुमा छलफल तथा समिक्षा गरिएको छ।
सबै घटनाहरुलाई अभिलेखका रुपमा राख्नको लागी सन् २०१८ को नेपाल मानव अधिकार बर्ष पुस्तकमा समावेश गरी प्रकाशन पूर्व यसलाई थप विश्वसनीय बनाउन र छुटेका घटना भएमा समावेश गरी अन्तिम रुप दिनको लागी प्रत्येक जिल्लाका जिल्ला स्तरमा सम्बन्धित सरोकारवालाहरु बिच अर्धबार्षिक समिक्षा कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई रहेको छ।
इन्सेकले मानव अधिकारका उल्लङ्गघन बाट पीडितहरुको अधिकार सुनिश्चत गर्न र राज्यलाई दायित्वबोध गराई पीडितहरुको परिपुरणमा सहयोग गराउने उद्देश्यले सो संस्थाबाट देशभरीका हत्या, बालअधिकार हनन्, धम्की, कुटपिट, महिला माथि हुने सबै प्रकारका भेदभाव, दुब्र्यवहार, बेपत्ता, अपहरण, बलत्कार लगायत सबै प्रकारका जातीय बिभेद आदी घटनाहरुलाई समेट्ने गरेको छ। यस संस्थाले आफनो स्थापनाकाल देखि नै मानवअधिकार संरक्षण प्रवद्र्धन कार्यमा क्रियाशिल रहनुको साथै मानव अधिकारका उल्लङ्गघनका घटनाहरुको अभिलेखिकरण र प्रकाशन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै आएको छ।
कार्यक्रमा बोल्दै इन्सेकका रबिन्द्र पाण्डेले ६ महिनाको समय अवधिभर प्युठान जिल्लामा घटेका घटनाहरुको बारेमा जानकारी गराउनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख राजेन्द्र प्रोख्रेलले घटनाहरुको अभिलेखिकरण र प्रकाशनमा समावेश गर्न छुटेका घटनाहरुको बारेमा बिस्तृत जानकारी दिनुभएको थियो। साथै उहाले आफना गाउं बस्तीहरुमा घटेका घटनाहरुरलाई कुनै संकोच नमानी सम्बन्धित निकाय सम्म पुग्याई दिनको लागी समेत आग्रह गर्नु भएको छ।
नेपाल पत्रकार महासंघ प्युठानका सचिव बिजयसिंह भारतीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा हरप्लेस प्युठानका जिल्ला संयोजक पम्फा पन्त, स्थानिय शान्ति समिति प्युठानका कार्यालय सचिव कमल थपलिया, महिला सहयोग मञ्च प्युठानका अध्यक्ष पार्वता आचार्य लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । छाला चिलाउने समस्यालाई मेडिकल भाषामा प्रुराइटस भनिन्छ । यो एक सामान्य तर निकै असहज अनुभव गराउने खालको समस्या हो । यो शरीरको कुनै पनि भागमा हुन सक्छ । शरीरको कुनै एक भागमा वा धेरै भागमा एकै पटक पनि हुनसक्छ । कहिलेकाहीँ यो यति तीव्र हुन्छ कि यसले ठूलै समस्या निम्त्याउछ । निद्रा र […]

कैलाली । धनगढीबाट सञ्चालित ‘नयाँ सन्देश’ अनलाइनकी प्रधाानसम्पादक रमा चन्दलाई दुव्र्यवहार गर्ने २८ वर्षीय मनीष श्रेष्ठलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पत्रकार चन्दमाथि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दुव्र्यवहार भएको थियो । आफूमाथि भएको दुव्र्यवहारविरुद्ध चन्दले प्रहरीमा उजुरी दिएकी थिइन् । पक्राउ परेका श्रेष्ठ पाल्पा घर भई धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक […]

काठमाडौँ । उपत्यकाका प्रहरी प्रमुख एआइजी ईश्वर कार्कीले सम्पन्न भएको एनपीएल खेल र नेकपा एमालेको महाधिवेशन कार्यक्रमलाई सभ्य र मर्यादित बनाउन सुरक्षा योजना लिएर फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिएका छन्। एआईजी कार्कीले नेपाल प्रहरीले बनाएको सुरक्षा योजना अनुसार फिल्ममा खटेर आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले निर्वाह गरेको भन्दै एसएसपीदेखि जवानसम्मका कर्मचारीलाई धन्यवाद दिएका छन्।

error: Content is protected !!