१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सेनाको कारबाहीमा अफगानिस्तान मा २४ तालिबानको मृत्यु

Logo
प्रकाशित आइतबार, आषाढ १३, २०७८

(ABC-Sanchar)
कुन्दुज । अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान आतंककारी मारिएका छन् । यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ती लडाकू मारिएको बताइएको छ । यहाँको संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि विशेष कारबाही शुरु गरेको थियो ।

अफगानिस्तानको दक्षिणी भूभागमा रहेको से दराक नामको प्रान्तमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गरेको कारबाहीमा १६ जना लडाकू मारिएका छन् ।ती स्थानमा भएका कारबाहीमा परेर अरु १० जना घाइते पनि भएका बताइएको छ ।

सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिबान लडाकूलक्षित हवाई र स्थलमार्गबाट गरेको कारबाहीको क्रममाा ती तालिबान लडाकूहरु मारिएका बताइएको छ ।

त्यसैगरी अफगानिस्तानको सेनाले कुन्दुज नगरमा पनि हवाई तथा स्थलगत रुपमा तालिबानका लडाकूहरुमाथि कारबाही गरेको थियो ।त्यस कारबाहीका क्रममा अरु आठ जनाको ज्यान गएको थियो । यहाँको एक स्थानीय घरमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा अफगान सेनाले कारबाही गरेको थियो ।

अफगानिस्तानको सरकार र यहाँका तालिबानहरुका बीचमा शान्ति वार्ता हुने भनिएको थियो तर हुन सकेको छैन । त्यसैले पछिल्लो समयमा तालिबानहरुले पनि यहाँका सुरक्षाकर्मीमाथि हमला गर्ने गरेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!