२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

सेनाको कारबाहीमा अफगानिस्तान मा २४ तालिबानको मृत्यु

Logo
प्रकाशित आइतबार, आषाढ १३, २०७८

(ABC-Sanchar)
कुन्दुज । अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान आतंककारी मारिएका छन् । यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ती लडाकू मारिएको बताइएको छ । यहाँको संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि विशेष कारबाही शुरु गरेको थियो ।

अफगानिस्तानको दक्षिणी भूभागमा रहेको से दराक नामको प्रान्तमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गरेको कारबाहीमा १६ जना लडाकू मारिएका छन् ।ती स्थानमा भएका कारबाहीमा परेर अरु १० जना घाइते पनि भएका बताइएको छ ।

सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिबान लडाकूलक्षित हवाई र स्थलमार्गबाट गरेको कारबाहीको क्रममाा ती तालिबान लडाकूहरु मारिएका बताइएको छ ।

त्यसैगरी अफगानिस्तानको सेनाले कुन्दुज नगरमा पनि हवाई तथा स्थलगत रुपमा तालिबानका लडाकूहरुमाथि कारबाही गरेको थियो ।त्यस कारबाहीका क्रममा अरु आठ जनाको ज्यान गएको थियो । यहाँको एक स्थानीय घरमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा अफगान सेनाले कारबाही गरेको थियो ।

अफगानिस्तानको सरकार र यहाँका तालिबानहरुका बीचमा शान्ति वार्ता हुने भनिएको थियो तर हुन सकेको छैन । त्यसैले पछिल्लो समयमा तालिबानहरुले पनि यहाँका सुरक्षाकर्मीमाथि हमला गर्ने गरेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!