१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

चोरीका गाडी र नक्कली ब्लुबुक बेच्ने गिरोहहरु काठमाडौंबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ १५, २०७८


ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीले चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरेको छ । भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली कागजात ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
भन्सार छली चोरी पैठारी गरी काठमाडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताबलगायतका कागजातहरु तयार गरी कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले दुईवटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको जनाएको छ । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गरिएको महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले बताउनुभयो ।
पक्राउ पर्नेमा लमजुङ घर भई सामाखुसी बस्ने कमल बाबु भट्ट, भक्तपुर चाँगुनारायण बस्ने मधु सिलवाल र अरुण खड्का तथा शान्तिनगर बस्ने, मोरङका रेवतीरमण निरौला छन् । निरौलाको डेराबाट नक्कली शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छाप, झोला, लाइसेन्स, राहदानी लगाएतका सामाग्री बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
कमल बाबु भट्टलाई पक्राउ गरी थप सोधपुछ गर्दा अर्को क्रेटा गाडी भक्तपुर बस्ने अरुण खड्का, मधु सिलवाल र बिशाल खड्काको गुरुपले बिक्रि गर्न राखेको भन्ने कमल बाबु पुरीबाट उक्त गाडी खरिद गर्ने बाहाना बनाई सम्पर्क गर्न लगाउदा गाडी किनबेचको कुरा मिलाई भक्तपुरको सुर्यविनायक ६ गणेश मन्दिरबाट प्रदेश ३–०१०२४ च ०२५३ नम्वर प्लेटको सेतो क्रेटा कार र उक्त कारमा सवार अरुण खड्का, मधु सिलवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवै सवारी दर्ता किताब कमल बाबु पुरीको नाममा रहेको छ । रेवती रमण निरौलाले यस्ता ब्लु बुक बनाईदिने गरेकाले उक्त नक्कली कागजातहरु विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा समेत दुरुपयोग भएको हुन सक्नेतर्फ थप अनुसन्धान भइरहेको अपराध महाशाखाले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!