१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

तुल्सीपुरको होटेलमा युवतिलाई राखेर बलात्कार गर्ने युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ १७, २०७८

ABC (क्राईमबिट)
दाङ । होटेलमा राखेर बलात्कार गरेको आरोपमा तुलसीपुरमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका २ निबासी २२ बर्षका देवराज वली र सोही ठाउँका १८ बर्षका पोखराज वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलक प्रसाद शर्माले जानकारी दिए ।

तुलसीपुरको बस पार्कमा रहेको ग्रयान्ड भ्याली होटेलमा असार १५ गते राति १३ बर्ष र १६ बर्षकी किशोरीलाई बलात्कार गरेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले दुई युवकलाई पक्राउ गरेको हो । बालिकाका आफन्तले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले बलात्कार मुद्दा चलाएको छ । आरोपी युवकसंगै पक्राउ परेका होटेल संचालक तुलसीराम घर्तीलाई प्रहरीले तारेखमा छोडेको छ ।
मुलुकी अपराध संहितामा बालिकालाई इच्छा बमोजिम यौन सम्पर्क गरेपनि जबरजस्ती करणी मान्ने भएकाले मुद्दा चल्छ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले भने– होटेल संचालकलाई पनि पक्राउ गरेका थियौं तर अहिले तारेकमा छोडेका छौ ।’
अनुसन्धानको क्रममा होटेल संचालक घर्ती घटनामा संलग्न रहेको पाइएमा उनि विरुद्ध पनि मुद्दा चलाउने डिएसपी अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!