१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

तुल्सीपुरको होटेलमा युवतिलाई राखेर बलात्कार गर्ने युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ १७, २०७८

ABC (क्राईमबिट)
दाङ । होटेलमा राखेर बलात्कार गरेको आरोपमा तुलसीपुरमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका २ निबासी २२ बर्षका देवराज वली र सोही ठाउँका १८ बर्षका पोखराज वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलक प्रसाद शर्माले जानकारी दिए ।

तुलसीपुरको बस पार्कमा रहेको ग्रयान्ड भ्याली होटेलमा असार १५ गते राति १३ बर्ष र १६ बर्षकी किशोरीलाई बलात्कार गरेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले दुई युवकलाई पक्राउ गरेको हो । बालिकाका आफन्तले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले बलात्कार मुद्दा चलाएको छ । आरोपी युवकसंगै पक्राउ परेका होटेल संचालक तुलसीराम घर्तीलाई प्रहरीले तारेखमा छोडेको छ ।
मुलुकी अपराध संहितामा बालिकालाई इच्छा बमोजिम यौन सम्पर्क गरेपनि जबरजस्ती करणी मान्ने भएकाले मुद्दा चल्छ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले भने– होटेल संचालकलाई पनि पक्राउ गरेका थियौं तर अहिले तारेकमा छोडेका छौ ।’
अनुसन्धानको क्रममा होटेल संचालक घर्ती घटनामा संलग्न रहेको पाइएमा उनि विरुद्ध पनि मुद्दा चलाउने डिएसपी अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!