१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङमा कीर्ते नागरिकता बनाउने वडाध्यक्षसहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २१, २०७८

(ABC-Sanchar)
दाङ । कीर्ते नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नंम्वर ७ का वडाध्यक्ष भिमबहादुर खड्कालाई पक्राउ गरिएको छ । आईतबार अपरान्ह वडाध्यक्षसहित सोही वडाका भिमबहादुर कामी र उनकी छोरी शुसिला विकलाई पक्राउ गरिएको हो ।

भिमबहादुर कामीले उनका ज्वाई अर्जुन बिकलाई छोरा बनाएर नागरिकता दिएको र वडाले पनि सिफारिश गरेको भन्दै पक्राउ गरिएको ईलाका प्रशासन कार्यालय लमही स्रोतले बताएको छ । तर, नागरिकता बनाउदा अर्जुनको नाम लिलाराम बिक राखिएको छ । अर्जुन शुसिलाका श्रीमान हुन् । हाल उनी रोजगारको सिलसिलामा विदेश छन् ।
नागरिकतबाारे उजुरी परेपछि अनुसन्धान गर्दा यस्तो भेटिएको हो । २०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको नागरिकतामा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासको हस्ताक्षर छ । उक्त कार्यमा भिमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको छ ।

वडाध्यक्षसहित तीन जनालाई वडा प्रहरी कार्यालय लमहीमा राख्न भनि पठाईएको थियो । तर, प्रहरीले आज जिल्ला प्रशासन कार्यालय दाङमा हाँजिर हुने गरि घर पठाईएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख राजन पौडेलले बताए । उनका अनुसार आज सोधपुछका लागि ल्याईएको हो।

सुशीलाले चितवन घर भएका अर्जुनसँग बिहे गरे पनि घरको पूरा ठेगाना थाहा नभएको वयान दिएकी छन् । यद्यपि चितवन प्रशासनसँग पनि समन्वय गर्दै नागरिकता खारेजको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइने प्रमुख खवासले बताए ।

शुसिलाले केही दिन अघि राजपुर गाउँपालिकाका कार्यपालिका सदस्य शोभाराम विक र कमल विक विरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिईन् । ईलाका प्रहरी कार्यालय गढवामा उक्त मुद्दा दर्ता भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!