१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

लुम्बिनी प्रदेश ब्युरो र बाँके प्रहरीले रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

(सागर थापा)
बाँके । रेडपाण्डाको छाला र भालुको पित्तसहित शनिबार राती ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज पुष्पलाल चोकमा रहेको राप्ती गेष्ट हाउसमा वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको अनुसन्धान ब्युरो RIT र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार राती करिब ९ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । नेपालगन्जको राप्ती गेष्ट हाउसमा नियमित चेकजाँच गर्ने क्रममा होटलको १० नम्बर कोठाबाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा दाङ घोराही ४ का ४९ बर्षिय भक्तबहादुर पुन, ४१ बर्षिय केशव पुन र शान्तीनगर गाउँपालिका–१ का २९ को रोबिन बुढा रहेका छन् । प्रहरीका अनुसार कालो झोलाभित्र सेतो कपडामा रहेको संरक्षित रेडपाण्डा (हाब्रे)को छाला एक थान र चार वटा भालुको पित्तजस्तो देखिने बस्तु बरामद गरेको छ ।
उनीहरुलाई वन ऐन २०७६ को दफा ४९ को (त) को कसुरमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने एसपी अधिकारीले जानकारी दिए । पक्राउ परेका ३ जनालाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँकेमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!