१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

लुम्बिनी प्रदेश ब्युरो र बाँके प्रहरीले रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

(सागर थापा)
बाँके । रेडपाण्डाको छाला र भालुको पित्तसहित शनिबार राती ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज पुष्पलाल चोकमा रहेको राप्ती गेष्ट हाउसमा वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको अनुसन्धान ब्युरो RIT र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार राती करिब ९ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । नेपालगन्जको राप्ती गेष्ट हाउसमा नियमित चेकजाँच गर्ने क्रममा होटलको १० नम्बर कोठाबाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा दाङ घोराही ४ का ४९ बर्षिय भक्तबहादुर पुन, ४१ बर्षिय केशव पुन र शान्तीनगर गाउँपालिका–१ का २९ को रोबिन बुढा रहेका छन् । प्रहरीका अनुसार कालो झोलाभित्र सेतो कपडामा रहेको संरक्षित रेडपाण्डा (हाब्रे)को छाला एक थान र चार वटा भालुको पित्तजस्तो देखिने बस्तु बरामद गरेको छ ।
उनीहरुलाई वन ऐन २०७६ को दफा ४९ को (त) को कसुरमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने एसपी अधिकारीले जानकारी दिए । पक्राउ परेका ३ जनालाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँकेमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]