२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

दाङ प्रहरीले रेड पाण्डाको छाला र टल्कने ढुँगासहित २ ब्यक्ति पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ३१, २०७८


ABC (क्राईमबिट)
दाङ । दुर्लभ बन्य जन्तु दाङमा रेड पाण्डाको छालासहित दूई ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत जिल्लाको भेरीगंगा नपरपालिका वडा नं. ८ का ५६ बर्षीय नरबहादुर बस्नेत र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका वडा नं. ७ का ४८ बर्षीय डिलबहादुर रावत रहेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार बुधबार बिहान ८ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १६ गरुवाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिबन्धित रेड पाण्डाको छाला बिक्रि बितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको एसपि काफ्लेले बताए ।
उनीहरुको साथबाट नङग्रासहितको टाउकोदेखि पुच्छर सम्मको लम्बाई २ फिट १० इञ्च रहेको एउटा रेड पाण्डको छाला र काईनेटिक (टल्कने ढुँगा) सानो ठूलो गरि ३२ बटा प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!