१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

जर्मनीमा भीषण बाढी ९३ जनाको मृत्यु, एक सय भन्दा बढी बेपत्ता

Logo
प्रकाशित शुक्रबार, साउन ०१, २०७८


(ABC-Sanchar)
काठमाडौं । जर्मनीमा बाढीमा परेर ९३ जनाको मृत्यु भएको छ । निरन्तर वर्षापछि आएको बाढी दशकौंपछि ठूलो क्षति पुर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पश्चिमी जर्मनीको र्हानल्याण्ड पेलेटिनेट र उत्तरी वेष्टफालियामा मात्रै ९३ जनाले ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ । जर्मनीको आन्तरिक मामिला मन्त्री स्टिफन मेयरले करिब एक हजार तीन सय ब्यक्ति सम्पर्क बाहिर रहेको बताउनुभएको छ ।
अह्रेलर जिल्लामा कम्तिमा एक हजार ५ सय ब्यक्ति सम्पर्कविहीन भएका छन् । सात सय बासिन्दा रहेको शुड गाउँ पूर्ण रुपमा ध्वस्त भएको छ ।
बेल्जियन सीमा नजिकको रुर्टलस्पेर ड्याम खतराको चिन्हभन्दा माथि बग्दा ठूलो क्षति पुर्याएको छ ।
अर्फस्टड शहरमा दुई घर भत्किदा उद्धारकत्र्ता उद्धारका लागि शहरको प्रभाबित क्षेत्रमा पुगेका छन् । उद्धारकत्र्ताले घरमा फसेका ब्यक्ति समक्ष पुग्न असमर्थ देखिएको बताएका छन् । शहरभित्र हिंडडुल गर्न डुङ्गाको सहायता लिइएको छ ।
वल्लोनिया क्षेत्रमा २१ हजार सर्वसाधारण विद्युत आपूर्ति ठप्प भएको छ । अधिकारीहरुले लैज क्षेत्रका बासीलाई छिट्टै घर खाली गर्न भनिएको र त्यसो गर्न नसक्नेलाई माथिल्लो तल्लामा सर्न आग्रह गरेका छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजामा १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिनुभएको छ । उहाँले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताउनुभयो,“ हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त […]

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

error: Content is protected !!