१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

भारतीय पत्रकार दानिस सिद्दीकी अफगानिस्तानमा रिपोर्टिङको क्रममा मारिए

Logo
प्रकाशित शुक्रबार, साउन ०१, २०७८

(ABC-Sanchar)
काठमाडौं । अफगानिस्तानमा रोयटर्सका पत्रकार मारिएका छन् । अफगानिस्तान र तालिबानबीचको मुठभेडको समाचार सङ्कलन गर्ने क्रममा दानिस सिद्दीकी मारिएका हुन् ।
बीबीसीका अनुसार सिद्दीकी भारतीय फोटो पत्रकार हुनुहुन्छ । भारतका लागि अफगानिस्तानका राजदूत फरिद ममुन्जैले रोयटर्स इन्डियाका प्रमुख फोटोग्राफरलाई मृत्यु अघि अफगानिस्तानको युद्धग्रस्त कान्धारमा अह्राइएको थियो । अफगानिस्तानका सुरक्षाकर्मीसँगै हिंड्नुभउका सिद्दीकी चढेको गाडी तालिबानको एम्बुसमा परेको बताइएको छ ।
एकजना अफगानिस्तानका कमाण्डरका अनुसार पाकिस्तान नजिकको सीमा क्षेत्रमा भिडन्तको क्रममा सिद्दीकीसहित एकजना अफगानिस्तान सुरक्षा अधिकारीलाई गोली लागेको हो । सिद्दीकी पछिल्लो सातादेखि अफगानिस्तान सुरक्षाकर्मीसँग बसेर भिडन्तको समाचार सङ्कलन गर्दै आउनुभएको थियो । पाकिस्तान नजिकको स्पिन बोल्डाक बजार तालिबानबाट नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीसँग भिडन्त भएको थियो ।
रोयटर्सका अध्यक्ष माइकल फ्रेडेनबर्गले घटनाबारे थप जानकारी लिइरहेको बताउनुभएको छ । रोयटर्सका अध्यक्ष माइकल फ्रेडेनबर्ग र प्रधान सम्पादक अलेसान्ड्रा गैलोनीले संयुक्त रुपमा जारी गर्नुभएको वक्तब्यमा सिद्दीकी एक असल पत्रकार र परिवारका अभिभावक एवम् सबैले माया गर्ने सहकर्मी रहेको उल्लेख गरेका छन् ।
सिद्दीकीले सन् २०१८ मा पुलित्जर पुरस्कार जित्नुभएको थियो । म्यानमारका रोहिंग्या शरणार्थीबारेको उहाँको समूहको फोटोफिचरले पुलित्जर पुरस्कार जितेको थियो । म्यानमारको अल्पसंख्यक रोहिंग्या शरणार्थीले भोग्नुपरेको समस्या र हिंसाबारे उहाँले फोटोफिचर तयार गर्नुभएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!