२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

भारतीय पत्रकार दानिस सिद्दीकी अफगानिस्तानमा रिपोर्टिङको क्रममा मारिए

Logo
प्रकाशित शुक्रबार, साउन ०१, २०७८

(ABC-Sanchar)
काठमाडौं । अफगानिस्तानमा रोयटर्सका पत्रकार मारिएका छन् । अफगानिस्तान र तालिबानबीचको मुठभेडको समाचार सङ्कलन गर्ने क्रममा दानिस सिद्दीकी मारिएका हुन् ।
बीबीसीका अनुसार सिद्दीकी भारतीय फोटो पत्रकार हुनुहुन्छ । भारतका लागि अफगानिस्तानका राजदूत फरिद ममुन्जैले रोयटर्स इन्डियाका प्रमुख फोटोग्राफरलाई मृत्यु अघि अफगानिस्तानको युद्धग्रस्त कान्धारमा अह्राइएको थियो । अफगानिस्तानका सुरक्षाकर्मीसँगै हिंड्नुभउका सिद्दीकी चढेको गाडी तालिबानको एम्बुसमा परेको बताइएको छ ।
एकजना अफगानिस्तानका कमाण्डरका अनुसार पाकिस्तान नजिकको सीमा क्षेत्रमा भिडन्तको क्रममा सिद्दीकीसहित एकजना अफगानिस्तान सुरक्षा अधिकारीलाई गोली लागेको हो । सिद्दीकी पछिल्लो सातादेखि अफगानिस्तान सुरक्षाकर्मीसँग बसेर भिडन्तको समाचार सङ्कलन गर्दै आउनुभएको थियो । पाकिस्तान नजिकको स्पिन बोल्डाक बजार तालिबानबाट नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीसँग भिडन्त भएको थियो ।
रोयटर्सका अध्यक्ष माइकल फ्रेडेनबर्गले घटनाबारे थप जानकारी लिइरहेको बताउनुभएको छ । रोयटर्सका अध्यक्ष माइकल फ्रेडेनबर्ग र प्रधान सम्पादक अलेसान्ड्रा गैलोनीले संयुक्त रुपमा जारी गर्नुभएको वक्तब्यमा सिद्दीकी एक असल पत्रकार र परिवारका अभिभावक एवम् सबैले माया गर्ने सहकर्मी रहेको उल्लेख गरेका छन् ।
सिद्दीकीले सन् २०१८ मा पुलित्जर पुरस्कार जित्नुभएको थियो । म्यानमारका रोहिंग्या शरणार्थीबारेको उहाँको समूहको फोटोफिचरले पुलित्जर पुरस्कार जितेको थियो । म्यानमारको अल्पसंख्यक रोहिंग्या शरणार्थीले भोग्नुपरेको समस्या र हिंसाबारे उहाँले फोटोफिचर तयार गर्नुभएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!