१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

चीनमा भीषण बाढी आउँदा २५ जनाको मृत्यु, ७ जना बेपत्ता

Logo
प्रकाशित बिहिबार, साउन ०७, २०७८

काठमाडौं । चीनमा आएको बाढीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका छन् । मध्य चीनको हेनान प्रान्तमा लगातारको वर्षासँगै आएको बाढी पहिरोका कारण भूमिगत रेलवे सेवा प्रभावित भएको छ । सो क्षेत्रमा जङ्गो नगरमा एउटा रेलमार्गमा बाढीका कारण यात्रुहरु अलपत्र परेका थिए ।

तीव्र गतिमा आएको बाढीले विभिन्न स्थानमा मानिस र गाडीहरु बगाएको थियो । १० करोड भन्दा बढी जनसंख्या भएको सो प्रान्तमा २ लाख भन्दा बढी बाढी प्रभावितको उद्दार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बाढीका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको त्यहाँँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण दर्जनौ सडकमा क्षति पुगेको छ भने निजी तथा सरकारी संरचनाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ । चीनको केन्द्रीय सरकार र हनान प्रान्त सरकारले प्रकोप उद्दारका लागि जनशक्ति परिचालन गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । जनमुिक्त सेना, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायलाई प्रभावितहरुको उद्दारका लागि परिचालन गरिएको बताइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]