१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

दाङ प्रहरीले भेटायो चरेसको गोदाम सहित ५ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ०७, २०७८

ABC (क्राईमबिट) दाङ । लागूऔषध करिब १० किलो चरेस र ९ ग्राम ब्राउन सुगर सहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ निसिखोला गाउँपालिका १ बस्ने २१ वर्षीय सुदीप सिँजाली मगर र बाग्लुङ बरिगाड गाउँपालिका २ बस्ने ३० वर्षीय रेम बहादुर भुजेल, दाङको तुलसीपुर उपमहानगरपालिका १ पैया खोरे बस्ने १८ वर्षीय प्रेम प्रकाश बिक, वडा नं. ५ का १४ वर्षीय किरण बिक र वडा ६ भिआइपी टोल बस्ने ४५ वर्षीया चामु कुमारी विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै दाङको गढवा गाउँपालिका १ धानखोला स्थित एक होटेलबाट बुधवार दिउँसो ३ बजेतिर ९ किलो ९३० ग्राम चरेस सहित मगर र भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए  !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!