१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

इप्रका तुल्सीपुर प्रहरीले जरायोको सिङसहित तिन जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन १०, २०७८

(तेज वली)
दाङ । तुलसीपुर उपमहानगरपालिका ८ गहतेखोलाबाट प्रहरीले प्रतिबिन्धत बन्यजन्तु जरायोको सिङसहित तिन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नम्बर १ गंगटेका २२ बर्षिय जीवन घर्ति, वडा नम्बर ४ हापुरेका ३९ बर्षिय ईन्द्रबहादुर केसी र सल्यानको शारदा नगरपालिका ४ साईलाकाम्दाका २२ बर्षिय बिनोद वली रहेका छन् ।

बन्यजन्तु जरायोको सिंग बिक्रि भईरहेको बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी श्याम अर्यालले जानकारी दिनुभयो ।

प्रहरीले उनिहरुको साथबाट २ ओटा सिङ एउटामा दुई हागा भएको बरामद गरेको छ । पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]