१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

इप्रका तुल्सीपुर प्रहरीले जरायोको सिङसहित तिन जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन १०, २०७८

(तेज वली)
दाङ । तुलसीपुर उपमहानगरपालिका ८ गहतेखोलाबाट प्रहरीले प्रतिबिन्धत बन्यजन्तु जरायोको सिङसहित तिन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नम्बर १ गंगटेका २२ बर्षिय जीवन घर्ति, वडा नम्बर ४ हापुरेका ३९ बर्षिय ईन्द्रबहादुर केसी र सल्यानको शारदा नगरपालिका ४ साईलाकाम्दाका २२ बर्षिय बिनोद वली रहेका छन् ।

बन्यजन्तु जरायोको सिंग बिक्रि भईरहेको बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी श्याम अर्यालले जानकारी दिनुभयो ।

प्रहरीले उनिहरुको साथबाट २ ओटा सिङ एउटामा दुई हागा भएको बरामद गरेको छ । पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]

(एबिसि संचार )                                                              कञ्चनपुरको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा […]

(एबिसि संचार )                                                                ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको सशस्त्र […]