१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत असई गिरी उत्कृष्ट प्रहरी घोषित

Logo
प्रकाशित बुधबार, साउन १३, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अम्बिका गिरी असार महिनामा उत्कृष्ट प्रहरी घोषित भएकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।

असई गिरीलाई एक्सरे अपरेसनको जिम्मेवारी तोकिएकोमा आफ्नो जिम्मेवारीलाई ईमान्दार, कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगबाट निर्वाह गरी विमानस्थलमा आउने यात्रु तथा सेवाग्राहीहरुलाई समेत उत्कृष्‍ट तवरबाट सेवा प्रदान गर्न गराउन महवपूर्ण भूमिका निर्वाह गरि प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकी छन् ।

कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी गरिएको निषेधाज्ञाको समयमा समेत हवाई यात्रुहरुको यात्रा सुरक्षित एवं भरपर्दो बनाई सुरक्षा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई प्रभावकारी परिचालन गरी आफू समेत निरन्तर खटीई यात्रु तथा प्रहरी कर्मचारीहरुलाई कोभिड-१९ संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनाले उनले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै असई गिरीलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]