१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

गोर्खामा हिमचितुवाको आक्रमणबाट १७ वटा खच्चड र घोडा मरे

Logo
प्रकाशित शुक्रबार, साउन १५, २०७८


(ABC-Sanchar)
गोरखा । उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ।

चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिमचितवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिनुभयो।

“चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ”, उहाँले भन्नुभयो, “अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो।”

सडक यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्रमा खच्चडबाट नियमितरुपमा सामान ढुवानी गर्ने गरिन्छ।

“जेठ अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी क्षेत्रमा पदैल र खच्चड हिँड्ने बाटोसमेत अवरुद्ध छ”, लामाले भन्नुभयो, “चरनका लागि लेकमा छाड्ने चलन छ, चितुवाले आक्रमण गरेर मार्न थालेपछि अब छाड्न पनि डर भएको छ।”

उहाँले चरनका लागि खर्कमा छाडिएका खच्चड र घोडा नभेटिएपछि खोजी गर्दा चितुवाले मारेको भेटिएको बताउनुभयो।

वडाध्यक्ष लामाले स्थानीय आङ्दी लामा, बुझिमा लामा र चित्रबहादुर गुरुङले पाल्दै आएका घोडा र खच्चडलाई चितुवाले आक्रमण गरी मारेको जानकारी दिनुभयो। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी संगठन प्रमुख अर्थात् प्रहरी महानिरीक्षकका लागि दौड सुरु भएको छ । हालका आईजीपी राजु अर्याल अवकाशमा जान लागेपछि भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको हो । अर्याल वैशाख १८ मा सशस्त्र प्रहरी बलको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका छन् । उनी अवकाशमा गएपछि आईजीपीमा उनीसँगै एकैपटक भर्ना […]

error: Content is protected !!