२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

अमेरिकामा हेलिकोप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, साउन १८, २०७८

(ABC-Sanchar)
काठमाडौं । अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा सो दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

हेलिकोप्टरमा सवार रहेको चार जना व्यक्तिको नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र प्रत्यक्र्षदर्शीहरुलाई सोधपुछ शुरु गरिएको समाचारमा जनाइएको छ। कोलुसा जिल्ला क्यालिफोर्निया राज्यको केन्द्रमा पर्दछ। यस घटनाको विस्तृत विवरण प्राप्त भएको छैन। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]